नवलपुर,माघ ४ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
गत पुस १७ गते दिउसो कावासोती ८ पवन होटलमा जबरजस्ती गरेको जाहेरी परेपछि प्रहरीले कावासोती २ बस्ने बर्ष २४ को बिमल कंडेललाई पक्राउ गरेको हो ।
कडेँलले जबरजस्ती करणी गरेको भन्दै पीडित युवतीले माघ ३ गते जाहेरी दिएको सूचना अधिकारी डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।
कंडेल लाई माघ ३ गते पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेको गिरीले बताए । उनीवरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको उनको भनाई छ ।
Advertisement