माघ ३ । अन्तत यहाँका जनप्रतिनिधिहरुले प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम राखेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकबाट भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो ।
झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।
सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतस् निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए ।



