×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला लिगमा आज दुई खेल सम्पन्न


  •   सोमबार, माघ ०३, २०७८
  • चितवन,माघ ३ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा पानस युवा क्लबले सानदार जित हात पारेको छ । आज भएको दोस्रो खेलमा पानसले नारायणगढ फुटबल क्लब ९एनएफसी० लाई ४-० ले पराजित गरेको हो ।

    Advertisement

    खेलमा सुरुवात देखि नै पानसले एनएफसीलाई दबाबमा राखेको थियो । पानसको जितमा अमिस महतोले दुई तथा सचिन तामाङ र अशोक टाडीले समान एक/एक गोल गरे । खेलको सातौं मिनेटमा नै सचिनको गोलबाट पानसले अग्रता लिएको थियो ।

    पहिलो हाफमा एक गोल गरेको पानसले दोस्रो हाफमा तीन गोल थप्यो । ६२ औं मिनेटमा अमिसले गोल गर्दै पानसलाई २-० को अग्रता दिलाए । ७० औं मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरेपछि पानसले खेलमा ३-० को अग्रता लियो ।

    निर्धारित समयको अन्तिम मिनेटमा अशोकले गोल गर्दै पानसलाई ४-० को जित दिलाए । खेलको म्यान अफ दि म्याच पानसका मिडफिल्डर आकाश थापा मगर घोषित भए ।

    जितपछि पानस चार खेलबाट सात अंक बटुल्दै समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । सुरुवाती दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको पानस पछिल्ला दुई खेलमा भने लयमा फर्किएको छ । पानस शिर्ष स्थानको केबिए ग्लोबल भरतपुर फुटबल क्लब ९बिएफसी० भन्दा ५ अंक तथा दोस्रो स्थानको सौराहा युवा समाज भन्दा २ अंकले पछि छ । तर पानसले शिर्ष दुई टोलीले भन्दा एक खेल कम खेलेको छ । एनएफसी भने चार खेल २ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा झरेको छ ।

    यस अघि आजको पहिलो खेलमा सञ्जय चौधरीको दुई गोलको मद्तमा सौराहा युवा समाजले कमब्याक जित हात पारेको छ । सौराहाले बिएफसीविरुद्ध ३-२ को कमब्याक जित हात पारेको हो ।

    प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन सञ्जयले दुईसँगै सुरज पन्तले एक गोल गरे । बिएफसीका राजन गुरुङ र राज भुसालले एक(एक गोल गरे ।

    खेलमा अग्रता भने बिएफसीले अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा नै राजनले गोल गर्दै बिएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै छैटौं मिनेटमा राजले बिएफसीलाई दोहोरो अग्रता दिलाए ।

    दुई गोलले पछि परेको सौराहा पहिलो हाफमा नै खेलमा फर्कियो । २९ औं मिनेटमा सञ्जयले गोल गर्दै सौराहालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ३३ औं मिनेटमा सञ्जयले ब्यक्तिगत दोस्रो गोल गर्दै खेलमा बराबरी गरे ।

    दोस्रो हाफमा सौराहाले थप एक गोल गर्‍यो । ६६ औं मिनेटमा सुरजले कर्नरमा सुन्दर हेड गोल गर्दै सौराहालाई कमब्याक जित दिलाए । खेलको म्यान अफ दि म्याच सौराहाका सञ्जय चुनिए । यो हारसँगै बिएफसीको अपराजित यात्रामा टुङ्गिएको छ । बिएफसी यस अघिका चार खेलमा अपराजित थियो ।

    जितसँगै समूह ‘ए’ मा रहेको सौराहाले ५ खेलबाट ९ अंक बनाएको छ। सौराहा तालिकाको दोस्रो स्थानमा यथावत छ । समान खेल खेलेको भरतपुर १२ अंकका साथ पहिलो स्थानमा छ ।

    लिगमा मंगलबार पनि दुई खेल हुनेछ । मंगलबारको पहिलो खेलमा दिउँसो १ बजे नारायणी फुटबल क्लब र दोस्रो खेलमा दिउँसो ३:३० बजे एस्ट्रल युथ सोसाइटी र बगान यात्रा ग्रुपबीच हुनेछ । शिर्ष दुईमा रहँदै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न मंगलबारको खेल जित्नै पर्ने दबाब छ ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.