चितवन । जंगली ध्रुवे हात्तीले आक्रमण गर्दा चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत एक सैनिक जवानको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर गस्तीमा जाँदा ध्रुवे नामको हात्तीले आक्रमण गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ध्रुवघाट पोष्टमा साइकल गस्ती जाँदै गर्दा हात्तीले आक्रमण गरेर ढाडमा कुल्चेको थियो । उपचारका क्रममा ती जवानको मृत्यु भएको हो ।
उक्त ध्रुव पोष्ट नजिकैको आहालमा गैँडा बस्ने र ती गैँडाको हेरचाहाका लागि टोली गएको थियो । मचानमा बसेर गैँडालाई कुर्न जाँदा ध्रुवे हात्तीसँग जम्काभेट भएको र सोही समय आक्रमण गरेको बताइएको छ । सैनिकहरुले फायरिङ गरेपनि ध्रुबे नभागी आक्रमणमा उत्रिदाँ सो दुखद् घटना भएको निकुञ्ज श्रोतले जनायो ।
मृतकको परिचय निकुञ्जले खुलाएको छैन । परिवारमा चोट पुग्न सक्ने भन्दै परिचय नदिएको हो । अघिल्लो दिनपनि ध्रुव बजार नजिक गाउँमा हात्तीले दुख दिएको थियो ।
केही वर्ष सान्त जस्तै बनेको हात्ती पुन देखिन थालेको छ । यसलेगर्दा स्थानीयमा पुन त्रास बढेको छ।
योसंगै ध्रुबेको आक्रमणबाट मृत्यु हुने मानिसहरुकोको ज्ञात संख्या १६ पुगेको छ । यसअघि सो हात्तीले मुख्यतः माडीसंगै नेपाल र भारतका विभिन्न स्थान १५ जनाको ज्यान लिइसकेको छ ।