×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रोशन चम्किदा एभरेष्टको फराकिलो जित, एस्ट्रल रेलिगेसनमा


  •   शनिबार, माघ ०१, २०७८
  • चितवन । रोशन क्षेत्रीको हृयाट्रिकको मद्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबले चितवन जिल्ला ए डिभिजन लिगमा फराकिलो जित हात पारेको छ।

    Advertisement

    शनिवार भएको दोस्रो खेलमा एभरेष्टले एस्ट्रल युथ सोसाइटीलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । एभरेष्टको जितमा रोशन क्षेत्रीले हृयाट्रिक गरे भने सुधिर कुमार श्रेष्ठ र आशिष गजुरेलले एक–एक गोल गरे ।

    खेलको २९ औं मिनेटमा सुधिरको गोलबाट एभरेष्टले अग्रता लिएको थियो । पहिलो हाफमा एभरेष्ट १–० ले अघि रह्यो । दोस्रो हाफमा एभरेष्टले ४ गोल थप्यो ।

    ४५ औं मिनेटमामा रोशनले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए । लगत्तै ५१ औं मिनेटमा रोशनले व्यक्तिगत दोस्रो गोल गरेपछि एभरेष्टले ३(० को अग्रता लियो । ६४ औं मिनेटमा रोशनले हृयाट्रिक पूरा गरे । यो जारी लिगको दोस्रो हृयाट्रिक हो । यस अघि एभरेष्टकै आशिष गजुरेलले नारायणी एफसीविरुद्ध हृयाट्रिक गरेका थिए । ७७ औं मिनेटमा आशिषले गोल गरेपछि एभरेष्ट ५(० ले बिजयी भयो ।

    खेलको म्यान अफ दि म्याच एभरेष्टका रोशन क्षेत्री चुनिए । यो जितसँगै एभरेष्ट समूह ुबीु को शिर्ष स्थानमा उक्लिएको छ । एभरेष्टको ४ खेलबाट ९ अंक भएको छ । समान अंक भएको रामपुर हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । समान खेल खेलेको बगान यात्रा ग्रुप ७ अंक सहित तेस्रो स्थानमा झरेको छ ।

    एस्ट्रल भने रेगिलेसनमा परेको छ । लिगमा चार खेलेको एस्ट्रल चारै खेलमा पराजित भएको छ । तालिकामा अंकबिहिन एस्ट्रलले लिगमा एक खेल्न बाँकी छ । उक्त खेलको कुनै पनि नतिजाले एस्ट्रललाई रेलिगेसनबाट जोगाउने छैन ।

    यस अघि आजको पहिलो खेलमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका थिए । यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले ।

    खेलको म्यान अफ दि म्याच यात्राका रोजल दाहाल घोषित भए । बराबरीपछि समूह बी मा ४ खेलबाट ७ अंक बटुल्दै यात्रा तेस्रो स्थानमा छ ।

    समान खेलबाट ४ अंक बनाएको हर्दी तालिकाको पाचौं स्थान यथावत छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.