चितवन । मुग्लिन नारायणगढ सडकखण्डमा स्कार्पियो त्रिशुलीमा नदी किनारमा खस्दा सात जना घाइते भएका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलबाट स्कार्पियो गाडी त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
उनीहरुको घटनास्थलबाट उद्धार गरि अस्पतालतर्फ लगिएको छ ।स्कार्पियोमा चालकसहित ७ जना सवार थिए । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट ४० मिटर तल नदीमा खसेको थियो ।