×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लबद्वारा विद्यालयलाई सात लाख बराबरको आर्थिक सहयोग


  •   शुक्रबार, पुष ३०, २०७८
  • गैंडाकोट । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालको एरिया नम्बर ३ अन्तरगत रहेका चार वटा क्लव लायन्स क्लव अफ चितवन चौतारी, लायन्स क्लव अफ चितवन समृद्धि, लायन्स क्लव अफ चितवन स्पन्दन र लायन्स क्लव अफ गैंडाकोट उत्कृष्टले आर्थिक सहयोग गरेका छन् ।
    शुक्रवार नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ३ ताते्रवास विन्दापुरमा रहेको पन्चकन्या आधारभूत विद्यालयलाई ती संस्थाले सात लाख बराबरको आर्थिक सहयोग गरेका हुन् ।

    Advertisement

    क्लबद्धारा निर्माण गरिएको एक कोठे भवनको आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ । सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख छत्र राज पौडेल, विशिष्ठ अतिथि लायन्स क्लव अन्तराट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालका डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ लायन राम प्रसाद भट्ट , नायक पल शाह लगायतले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
    चार वटा लायन्स क्लवहरुको सयुंक्त आर्थिक सहयोगमा विद्यालयको एक कोठे भवन निर्माण, जीर्ण अवस्थामा रहेका विद्यालयको भौतिक संरचनाको पुर्ननिर्माण लगायतका लागि लायन्स क्लवले करिब सातलाख आर्थिक सहयोग गरेको लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष एमजेएफ लायन डा. गंगा सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तीसहजार रकम बराबरको जाडोका लागि स्वेटर र शैक्षिक सामाग्री वितरण गरिएको थियो ।


    लायन डा। सापकोटाले यी लायन्स क्लबहरु मार्फत यसै वर्ष विद्यालयमा साठी हजार लगानीमा आधुनिक खानेपानी ट्यांकीको व्यवस्थापन, खेलमैदान लगायतका पूर्वाधार सम्पन्न गर्ने गरी विद्यालय व्यवस्थापन समिति र स्थानीय निकाय संग सहकार्य भएको र डिस्ट्रिक्ट ३२५ बी,२ नेपालको लायन्स भिलेज प्रोजेक्ट अनुसार यस विद्यालयमा नै संस्थाका सबै कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।
    कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख पौडेल सहित नायक पल शाह डिस्ट्रिक्ट गर्भनर पिएमजेएफ लायन राम प्रसाद भट्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।
    सो कार्यक्रममा लायन्स क्लव अन्तराट्रिय डिस्ट्रिक्ट ३२५ बी,२ नेपालका सिनियर लिडर, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी साथै अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । लायन पूर्ण शर्माले संचालन गर्नुभएको कार्यक्रममा लायन किरण के सी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष एमजेएफ लायन डा. गंगा सापकोटाको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

    वि.स. २०४६ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि ५ सम्म जनजाती दलित, केही ब्राह्मर्ण समुदायका गरी छात्र १७ र छात्र १८ गरि जम्मा ३५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्राचार्य राधिका भण्डारी घिमिरेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.