×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

सवैको सहयोग भए वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन हुन्छः मन्त्री श्रेष्ठ


  •   बिहिबार, पुष २९, २०७८
  • पोखरा । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउनुभएको छ ।

    Advertisement

    सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनाबारे पोखरामा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको बिषय साझा सरोकारको विषय भएकाले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै जाने बताउनुभयो ।

    मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रलाई चलायमान बनाएको भएपनि यसका नकारात्मक पक्ष तथा चुनौतीहरु रहेको चर्चा गर्नुहुँदै चुनौतीहरुलाई सम्बोधन गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच नीतिगत परिवर्तन, लागत साझेदारी, प्रभावकारी कार्यान्वयन र समस्याको दीगो समाधानको लागि समन्वय तथा सहकार्य हुनु आवश्यक रहेको बताउनुभयो । सरकारको प्राथमिकता आन्तरिक रोजगारीको क्षेत्र प्रवर्द्दन गर्दै बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने भए पनि वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन गर्नु सबैको प्राथमिकता हुनुपर्ने उहाँको भनाइ छ ।

    वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरुप सुरक्षित आप्रवासन ९सामी० परियोजना सञ्चालनमा रहेको छ । जसको नीतिगत अगुवाई ​​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको भने प्रदेश सरकारले समन्वय र अनुगमनको भूमिका निर्बाह गरिरहेको छ साथै स्थानीय सरकारहरुको नेतृत्वमा यो परियोजना कार्यान्वयनमा छ ।

    परियोजनाले ४ लाख ५१ हजार जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रदान गरेको, १३ हजार १७७ जनालाई निशुल्क कानुनी सहायता, वैदेशिक रोजगारको कारण मनोसामाजिक समस्या न्यूनिकरणका लागि २३ हजार ४१७ जनालाई मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता २१ हजार २७ जनालाई साथै निशूल्क सीप तालिम ३ हजार ३५१ जनालाई प्रदान गरेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.