×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमाले नवलपुरको अध्यक्षका आकाक्षी श्रेष्ठद्वारा सक्रिय राजनीतिबाट सन्यासको घोषणा


  •   मङ्गलबार, पुष २७, २०७८
  • नवलपुर, पुस २७ । नेकपा एमाले नवलपुरको भर्खरै सम्पन्न आठौँ अधिवेशनमा अध्यक्ष पदका अकांक्षी जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । हिजो मात्रै सम्पन्न अधिवेशनले मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरिएको थियो ।

    Advertisement

    सर्वसम्मतको नाउँमा अध्यक्ष मण्डल बनाएर जिल्ला कमिटी घोषणा गरिएको भोलिपल्टै श्रेष्ठले सामाजिक संजालमार्फत सक्रिय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका हुन् । यद्यपी उनले आफ्नो राजनीतिक यात्रा र योगदानको चर्चा गरेपनि अधिवेशन लक्षित केहीपनि टिप्पणी गरेका छैनन् ।
    तर उनी निकटका नेताहरुले श्रेष्ठको चाहानालाई सम्वोधन नगर्दा निराशा स्वरुप यो घोषणा आएको बताएका छन् । श्रेष्ठ वर्तमान जिल्ला कमिटीका सचिव हुन् ।

    आफ्नो अध्यक्षमा स्वतह दावेदार रहने बताउँदै आएका थिए । तर अन्तिम अवस्थामा पनि उनलाई अध्यक्ष मान्न कार्यवाहक अध्यक्ष रोशन गाहा मगर तयार नभएपछि दुवै जनाले मुक्तिराम पाण्डेलाई सहमति जनाएको एमाले स्रोतले बताएको थियो । तर श्रेष्ठले अधिवेशन सकिनासाथ सन्यासको घोषणा गर्दा असन्तुष्टीकावीच जिल्ला कमिटी चयन गरेको आकलन गर्न सकिन्छ ।
    यद्यपी श्रेष्ठले आफ्नो फेसवुकमा सकृय राजनितिबाट सन्यास घोषणा लेखेर आफ्नो योगदान यसरी प्रस्तुत गरेका छन् ।


    म जिवन श्रेष्ठ २०२९ साल देखि झापा बिद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (के/ के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाहा गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटिको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटिको सदस्य, २०६३मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाहा गर्दै आइरहेको र पार्टीलाइ गाह्रो, अप्ठ्यारो र बिभाजनको बखत पार्टी एकता र सुढृद गर्दै “सम्बृद्ध नेपाल सुखि नेपालि“ को आकाङ्क्षा पुरा गर्ने अभियानमा अबिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका (२०७८/०९/२७) मिति देखि सकृय राजनितिबाट बिश्राम लिने घोषणा गर्दछु।

    मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा–दिक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एकेबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैब सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
    जिवन श्रेष्ठ, कावासोति–३, नवलपुर, गण्डकि प्रदेश।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.