×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवनमा ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता,सवै मेला महोत्सव स्थगित गर्ने प्रशासनको निर्णय


  •   सोमबार, पुष २६, २०७८
  • चितवन । ओमिक्रोनको उच्च जोखिममा चितवन पनि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सवै मेला महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । आज प्रशासनमा बसेको सर्वपक्षिय भेलाले पुस २५ गतेदेखि सुरु भएको १३औँ चितवन महोत्सव दुई दिन चल्न दिने र भोलि उद्घाटन गर्न तयार पारिएको रत्ननगर महोत्सव सहित सवै मेला स्थगित गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले जानकारी दिनुभयो ।

    Advertisement

    ओमिक्रोनका संक्रमित जिल्लामा नभेटिएपनि जोखिम उच्च रहेको भन्दै भौतिक रूपमा २५ जना भन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जावा, महोत्सव सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको शर्माको भनाई छ । साथै संचालमा भई रहेको चितवन महोत्सवको हकमा पौष २९ गते पुर्ण रुपमा बन्द गर्ने गरी पुस २८ गते सम्म व्यवस्थापनको लागी समय उपलब्ध गराउने र देवघाटमा लाग्ने माघे सक्रान्ति (मकर) मेला पुर्ण रुपमा सन्चालनमा रोक लगाउने निर्णय गरिएको हो । भोलि उद्घाटनको तयारी गरिएको रत्ननगर महोत्सव समेत रोकिने भएको छ।

    त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय मार्फत नियमित खोप केन्द्रहरुमा खोपलाइ अभियानकै रुपमा थप प्रभावकारी रुपमा अगाढि वढाउने, सार्वजनिक स्थानहरुमा साविकमा चलाइएका निशुल्क एन्टीजेन टेष्ट बुथहरु स्थानिय तहहरुमार्फत पुन संचालन गर्ने, माघ ७ गते देखि सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल,रंगशाला ) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा आन्तरिक उडानमा जादा अनिवार्य रूपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने ) अनिवार्य गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै सबै आधारभुत तथा माध्यमिक विद्यालयहरु संचालनको हकमा नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयानुसार गर्ने र विश्वविद्यालय, क्याम्पस, लगायत सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेप्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी संचालन गर्ने निर्णय भएको छ।

    उद्योग कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरु, जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सञ्चालन गर्ने र जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क लगाउने लगायतका निर्णय भएको सहायक सीडीओ शर्माले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.