नवलपुर, पुस २६ । नेकपा एमाले नवलपुरले पदाधिकारी सहित नयाँ जिल्ला कमिटीको टुंगो लगाएको छ । सर्वसम्मत कमिटी चयन भएको नवनिर्वाचित उपसचिव यमुनाथ आचार्यले जानकारी दिए ।
Advertisement
अध्यक्षमा मुक्तिराम पाण्डे,उपाध्यक्षमा मनवीर थापा,सचिवमा भिमलाल अधिकारी,उपसचिवमा भिमलाल कडेँल र यमुनाथ आचार्य चयन भएका हुन् । पदाधिकारी चयन सँगै सदस्यहरु समेत सर्वसम्मत चयन गरिएको नेकपा एमालेले जानकारी दिएको छ ।
यस अघि कार्यवाहक अध्यक्ष रोशन गाहा मगर र सचिव जीवन श्रेष्ठवीच प्रतिस्पर्धा हुने बताइरहदा पाण्डे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।