चितवन, पुस २६ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेल बरावरीमा रोकिएको छ । नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब ९एनएफसी० बराबरीमा रोकिएका हुन् ।
युनिक र नारायणगढ १-१ को बराबरीमा रोकिएका हुन् । युनिकका लागि अमृत घले तथा नारायणगढका लागि सागर लोप्चनले गोल गरे ।
खेलमा युनिकले सुरुवाती अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा अमृतले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ल पछि परेको नारायणगढले दोस्रो हाफमा गोल फर्कायो । ७६ औं मिनेटमा युनिकका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले नारायणगढलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सागरले कुनै गल्ती नगरी गोलमा परिणत गराए ।
खेलको म्यान अफ दि म्याच युनिकका गोलरक्षक मिनशिखर गुरुङ घोषित भ ए । बराबरीपछि युनिकले दुई खेलबाट २ अंंक बटुलेको छ । एक खेल बढि खेलेको नारायणगढको पनि समान अंंक छ ।



