×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चुनावपछि देउराली सामुदायिक वनको समितिले पायो पूर्णता


  •   आइतबार, पुष २५, २०७८
  • ढोडेनी । हिजो पुष २४ गते शनिवार चुनाव भएसँगै गैँडाकोट नगरपालिका वडानम्वर ३ मा रहेको देउराली सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वले पूर्णता पाएको छ । हिजो विहान ८ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा कुल २८० मत खसेको थियो ।

    Advertisement

    वनको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति नभएपछि चुनाव भएको हो । उपाध्यक्ष पदमा एकबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले १३९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी दिलवहादुर भुजेलले १२७ मत प्राप्त गर्नुभयो । वनको सचिवमा कृष्ण माया पोख्रेल १५० मत सहित बिजयी हुँदा उहाँको प्रतिद्वन्द्वी राममाया थापाले ११६ मत ल्याउनुभएको थियो ।

    त्यस्तै कोषाध्यक्षमा कृष्ण बहादुर बिक २१७ मत सहित विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी बद्री प्रसाद रिमालले ५१ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समिति संयोजक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो।

    पुष १६ गते सुरु भएको २०औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा भने यसअघिनै नरवहादुर मुक्मी चयन भइसक्नुभएको छ । त्यस्तै सह–सचिवमा जितवहादुर गुरुङ चयन भइसक्नुभएको छ । बिष्णुहरि अधिकारीले सहयोग गरे पछि सहसचिवमा सहमति भएको थियोे ।


    कार्यसमिति सदस्यहरुमा पनि यसअघिनै सर्वसम्मत चयन भइसकेका छन् । जसमा नरबहादुर सिँजाली,कृष्णवीर गुरुङ,कल्पाना गुरुङ, इन्द्र लाल भुजेल, मोती मायाँ पुलामी मगर, शान्ति खण्डलुक, पञ्चमाया गुरुङ, मिनु परियार, विष्णु परियार, मनिषा पौडेल, डिल्लिराम अधिकारी र शर्मिला ढकाल रहेका निर्वाचन समिति संयोजक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।

    त्यस्तै लेखा संयोजकमा ठाकुर प्रसाद रिमाल र लेखा सदस्यमा श्रीजना मगर सर्वसम्मत चयन भइसक्नुभएको छ । वनमा ३४६ जना उपभोक्ता सदस्य रहेका छन् । वनको १७ सदस्यीय नयाँ कार्यसमिति वन्नेछ । सदस्यमा निवर्तमान अध्यक्ष स्वतह र एक जनालाई सदस्यमा मनोनित गरिनेछ । नयाँ कार्यसमितिको समयावधि ३ वर्षको हुनेछ ।

    नव निर्वाचित कार्य समिति को सपथ ग्रहण पनि आजै दिउँसो ३ बजे रहेको निर्वाचन संयोजक खनालले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.