चितवन । राष्ट्रिय प्रजातन्त्र पाटि(राप्रपा) चितवन क्षेत्र नंं. २ क मा चार पदाधिकारी मनोनित गरिएको छ । (शनिबार) पाटि कार्यलयमा एक कार्यक्रमको आयोजना गरी घनश्याम गिरीको अध्यक्षतामा पदाधिकारी मनोनित गरिएको हो ।
उपाध्यक्षमा निमा तामाङ र बुद्धी लक्ष्मि स्याङतान, सचिवमा चन्द्र बहादुर श्रेष्ठलाई मनोनित गरिएको छ भने सदस्यमा अबनी मैनाली र कृष्ण दमाईलाई मनोनित गरिएको छ । सदस्यहरु सागर श्रेष्ठ, प्रविन श्रेष्ठ,मिलन स्याङतान, लक्ष्मि अधिकारी, बाबुलाल तिवारी, चन्द्रदेव महतो, रामचन्द्र महतो, चिरन्जीवी सापकोटा, अंकल बहादुर गुरुङ यस अघिनै निर्वाचीत भैसकेका थिए ।
सो अवसरमा राप्रपा केन्द्रिय सदस्य रिना गुरुङले मनोनित पदाधिकारीलाई बधाइ दिदै जिल्लामा सक्रिय भएर अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ । सबै एकजुट भएर अघि बढे कुनैपनि काम असम्भव नरहेको बताउदै आगामी दिनमा राप्रपा वडा, नगर, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म आफ्नो बलियो उपस्थिती स्थापित गराउन सफल हुने विश्वास दिलाउनु भएको छ ।
कार्यक्रममा जिल्ला अध्यक्ष रुद्र प्रसाद ढकाल, राष्ट्रिय प्रजातान्त्रीक अपाङग महासंघका केन्द्रीय अध्यक्ष भरतमणी भट्ट, जिल्ला सचिव केशब भण्डारी लगायतको उपस्थिति थियो ।