×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमाले नवलपुरको अध्यक्षमा गाहा र श्रेष्ठको दावी, सर्वसम्मत गराउन सकस


  •   शनिबार, पुष २४, २०७८
  • नवलपुर । नेकपा एमाले नवलपुरको आठौँ अधिवेशन हिजोेदेखि कावासोतीमा सुरु भएको छ । हिजो उद्घाटन भएको अधिवेशनले आज नवलपुर हाँक्ने नयाँ नेतृत्व चयन गर्दै सकाउने तयारी तीव्र छ ।तर सर्वसम्मत गराउन सकस भइरहेको छ ।

    Advertisement

    सर्वोच्च अदालतले एकता भएको नेकपा पूर्ववत फर्काएपछि छिन्नभिन्न भएको पार्टीमध्येको नेकपा एमालेले एकताको अधिवेशन गर्दैछ । यो पटक नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमै रहेकालाई समेत समायोजन गरि एकताको सन्देश दिन सवै नेताहरु लागिरहेका छन् ।

    तर नवलपुरमा भने नेतृत्वमा सर्वसम्मत गराउन सकस देखिएको छ । अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष एवम गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा मगर र वर्तमान सचिव जीवन श्रेष्ठले दावी गरेपछि सर्वसम्मत गराउने पहल भइरहेको हो । यद्यपी दुवै जनाले आफ्नो दावीबाट पछि नहट्दा अध्यक्ष चयनमै सकस भइरहेको हो ।

    पार्टी अध्यक्ष तिलक महत केन्द्रीय सदस्यमा पुगेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुएका रोशन गाहाले पूर्णरुपमा अध्यक्षको जिम्मेवारी पाउनबाट बन्चित भइरहेको भन्दै अध्यक्षमा दावी गरिरहनुभएको स्रोतको भनाई छ । यद्यपी जीवन श्रेष्ठले रोलक्रममा पनि आफू अध्यक्ष हुनुपर्ने दावी सहित कायमै रहनुभएपछि सर्वसम्मत गराउने प्रयास जारी रहेको हो । सर्वसम्मतमा छोड्ने कसले भन्ने प्रश्न खडा छ । दुवै उम्मेदवारहरु सहभागी प्रतिनिधिहरुसँग पनि राय सल्लाह लिइरहेको स्रोतको भनाइ छ ।


    ६ वर्षे कार्यकाल रोशन गाहाले जिम्मेवारी सह्माल्नु भएको र यस पटक श्रेष्ठलाई अध्यक्ष दिँदा हुने मत बढिरहेको दावी गरिएको छ ।

    तर गाहाले आफू पूर्णरुपमा अध्यक्ष नभई कार्यवाहक मात्रै भइरहेकाले उक्त पदमा बसेर जिम्मेवारी निभाउन चाहेको बताइएको छ । अध्यक्षको टुँगो लागेपछि मात्रै अन्य पदहरुमा छलफल हुने एक प्रतिनिधिले बताए ।
    १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्न करिव ७ सयको हाराहारीमा प्रतिनिधिको सहभागीता रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.