×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

देउराली सामुदायिक वनको नेतृत्वका वाँकी पदमा भोलि चुनाव हुँदै


  •   शुक्रबार, पुष २३, २०७८
  • नवलपुर (ढोडेनी) । नवलपुरको गैँडाकोट ३ ढोडेनीमा रहेको देउराली सामुदायिक वनको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ । वनको ८ औं अधिवेशनबाट अध्यक्ष सहित केही पदमा मात्रै सर्वसम्मत भएपछि अन्य पदका लागि भोलि विहान ८ बजेदेखि मतदान हुने भएको हो । मतदान कार्यका लागि सवै तयारी पूरा भएको वनका कार्यालय सचिव बिजेश आलेले जानकारी दिनुभयो ।

    Advertisement

    भोलि हुने मतदानले उपाध्यक्ष, सचिव,कोषाध्यक्ष निर्वाचित गर्नेछ । अध्यक्ष सहित अन्य पदमा भने यसअघिनै सर्वसम्मतबाट चयन भइसकेका छन् ।

    उपाध्यक्ष पदका लागि डिल बहादुर भुजेल र एक बहादुर गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै सचिवका लागि कृष्णमाया पोख्रेल र राम माया थापा बीच प्रतिस्पर्धा हुने भएको छ । कोषाध्यक्ष पदमा बद्री प्रसाद रिमाल र कृष्ण बहादुर बि.क वीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । निर्वाचन भोलि बिहान ८ बजे देखि ३ बजे सम्म सामुदायिक वनको भवन परिसरमा हुनेछ ।

    पुष १६ गते सुरु भएको २०औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा भने यसअघिनै नरवहादुर मुक्मी चयन भइसक्नुभएको छ । त्यस्तै सह–सचिवमा जितवहादुर गुरुङ चयन भइसक्नुभएको छ । बिष्णुहरि अधिकारीले सहयोग गरे पछि सहमति भएको थियोे भने उपाध्यक्षमा आकाक्षा राख्नुभएका सुमित्रा मिश्र र तिर्थराज अधिकारी पनि चुनाव बाट पछि हट्नुभएको थियो।

    कार्यसमिति सदस्यहरुमा पनि यसअघिनै सर्वसम्मत चयन भइसकेका छन् । जसमा नरबहादुर सिँजाली,कृष्णवीर गुरुङ,कल्पाना गुरुङ, इन्द्र लाल भुजेल, मोती मायाँ पुलामी मगर, शान्ति खण्डलुक, पञ्चमाया गुरुङ, मिनु परियार, विष्णु परियार, मनिषा पौडेल, डिल्लिराम अधिकारी र शर्मिला ढकाल रहेका निर्वाचन समिति संयोजक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।

    त्यस्तै लेखा संयोजकमा ठाकुर प्रसाद रिमाल र लेखा सदस्यमा श्रीजना मगर सर्वसम्मत चयन भइसक्नुभएको छ ।
    वनमा ३४६ जना उपभोक्ता सदस्य रहेका छन् । वनको १७ सदस्यीय नयाँ कार्यसमिति वन्नेछ । सदस्यमा निवर्तमान अध्यक्ष स्वतह र एक जना मनोनित गरिनेछ । नयाँ कार्यसमितिको समयावधि ३ वर्षको हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.