×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आशिषको हृयाट्रिकमा एभरेष्ट बिजयी


  •   शुक्रबार, पुष २३, २०७८
  • चितवन / आशिष गजुरेलको हृयाट्रिकको मद्तमा एभरेष्ट क्लब चितवनले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सानदार जित हात पारेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो खेलमा एभरेष्टले नारायणी एफसीलाई ४-१ ले पराजित गरेको हो । एभरेष्टको जितमा आशिषले हृयाट्रिक गरे । यो जारी लिगको पहिलो हृयाट्रिक हो । यस्तै राम गुरुङले एक गोल गरे ।

    Advertisement

    नारायणीका बिबेक परियारले एक गोल फर्काए । पहिलो हाफमा २ गोल गरेको एभरेष्टले दोस्रो हाफमा पनि २ गोल थप्यो । खेलको चौथो मिनेटमा नै एभरेष्टले अग्रता लिएको थियो । उसका लागि रामले पहिलो गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा आशिषले गोल गर्दै एभरेष्टलाई दोहोरो अग्रता दिलाए ।

    दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बिबेकले ५७ औं मिनेटमा गोल गर्दै नारायणीमा खेलमा फर्काउने संकेत गरेका थिए । तर लगत्तै ५८ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एभरेष्टको अग्रता ३-१ मा लम्बाए । लगत्तै ६० औं मिनेटमा आशिषले हृयाट्रिक पूरा गरेपछि एभरेष्ट ४-१ ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एभरेष्टका आशिष चुनिए । जितसंगै एभरेष्टले समूहमा ३ अंक सुरक्षित गरेको छ ।

    यस अघि आजकै पहिलो खेलमा सन्तोष तामाङको उत्कृष्ट प्रदर्शनको मद्तमा हर्दी युवा समाजले एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २-१ ले पराजित गरेको थियो । निकै रोमाञ्चक खेलमा हर्दीलाई जिताउन सन्तोष तामाङले दुई गोल गरे । एस्ट्रलका राहुल दुराले एक गोल फर्काए ।

    रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा एस्ट्रलले गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो । एस्ट्रलले मौका सृजना गरे पनि फिनिसिङ कमजोर देखियो । खेलको ७२ औं मिनेटमा सन्तोषले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए । तर हर्दीको अग्रता ३ मिनेट पनि टिक्न सकेन ।

    ७५ औं मिनेटमा एस्ट्रलका राहुलले बराबरी गोल फर्काए । लगत्तै ७६ औं मिनेटमा सन्तोषले गोल गर्दै हर्दीको जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच हर्कीका सन्तोष घोषित भए । लिग अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछ । शुक्रबारको पहिलो खेलमा रामपुर फुटबल क्लब र बगान यात्रा ग्रुप भरतपुर भिड्नेछन् । यो खेल १ बजे हुनेछ । शुक्रबार नै दिउँसो ३:३० बजे पानस युवा क्लब र वातानिसो गीतानगर व्बाइज खेल्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ ।

    लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.