×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला लिगको आजको खेलमा हर्दी विजयी


  •   बिहिबार, पुष २२, २०७८
  • चितवन । सन्तोष तामाङको उत्कृष्ट प्रदर्शनको मद्तमा हर्दी युवा समाजले भरतपुरमा जारी सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा जित हात पारेको छ ।

    Advertisement

    आज बिहीबार भएको पहिलो खेलमा हर्दीले एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २-१ ले पाखा लगायो । तिनै गोल दोस्रो हाफमा सम्भावन भएको थियो । निकै रोमाञ्चक खेलमा हर्दीलाई जिताउन सन्तोष तामाङले दुई गोल गरे । एस्ट्रलका राहुल दुराले एक गोल फर्काए ।

    रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा एस्ट्रलले गोल गर्ने आधा दर्जन अवसर खेर फाल्यो । एस्ट्रलले मौका सृजना गरे पनि फिनिसिङ कमजोर देखियो ।

    खेलको ७२ औं मिनेटमा सन्तोषले डि बक्स बाहिरबाट आकर्षक गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए । तर हर्दीको अग्रता ३ मिनेट पनि टिक्न सकेन । ७५ औं मिनेटमा एस्ट्रलका राहुलले बराबरी गोल फर्काए । लगत्तै ७६ औं मिनेटमा सन्तोषले गोल गर्दै हर्दीको जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच हर्कीका सन्तोष घोषित भए । जित संगै हर्दीले समूह’ए’ मा ३ अंक जोडेको छ।

    लिग अन्तर्गत आज नै हुने दोस्रो खेलमा एभरेष्ट क्लब र नारायणी एफसी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

    लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५/२५ हजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.