नवलपुर,गैँडाकोट । निजी तथा आवासीय विधालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) गण्डकी प्रदेश कार्यसमितिको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन । गैँडाकोटमा सम्पन्न तेस्रो अधिबेसन बाट श्रेष्ठको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरिएकोहो ।
Advertisement
कास्कीकाश्रेष्ठ अध्यक्षमा ,बरिस्ठ उपाध्यक्षमा नवलपुरका प्रकाश खनाल, उपाध्यक्षमा स्याङ्जाका यमप्रसाद डुम्रे, उपाध्यक्षमा गोरखाका सीताराम तिवारी, सचिबमा कास्कीका विश्वराज बास्तोला, सहसचिबमा कास्कीका दुर्गादत्त पंगेनी र सहकोषाध्यक्षमा लमजुङका खेम बहादुर गुरुङ चयन भएका हुन् । कोषाध्यक्ष पद भने खाली राखिएको छ ।
त्यस्तै अधिवेशनले सदस्यहरुमा पर्वतका लक्षमण भुसाल, म्याग्दीका कृष्ण प्रसाद सुवेदी, स्याङ्जाका लक्ष्मीप्रसाद बराल, नवलपुरका बिन्दुकुमार श्रेष्ठ र थानसरा चापागाईं चयन भएको लक्षमण कडेँलले जानकारी दिए ।