चितवन। पुस १८ गते चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईकाे उपस्थितिमा अन्तरक्रिया राख्याे । जिल्ला अध्यक्ष रत्नमणी न्याैपानेले दुधकाे मूल्य प्रतिलिटर १५ देखि २० रुपैयां बढाउन माग गरे । उहाँ सहित सवै किसानकाे एउटै स्वर थियाे, दुधकाे मूल्य बढाउनु पर्याे ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री हुमागाईले साेही दिन अाफुले पहल थाल्ने बताएका थिए । जति दिन मन्त्रीमा रहन्छु त्याे दिनसम्म किसानकाे हितमा काम गर्ने बताएका थिय । मन्त्रालयका सचिव डा.शरण पाण्डेले पनि उत्पादन बढाउन किसानकाे पक्षमा अाफु रहेकाे बताए ।
१८ गते कार्यक्रम सकाएर गएका मन्त्रीले अन्तत दुधकाे मूल्य बढाउन पहल सुरु गरेका छन् ।
पुस २१ गते अाज बैठक बसेर तीन वर्ष देखि स्थीर रहेकाे दुधकाे मूल्य बढाउन सिफारिस गरिएकाे हाे।
बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डको १० औं बैठक बसेर दुग्ध उत्पादक किसानहरुले पाउने गरि मूल्य बढाउन सिफारिस गर्ने निर्णय गरिएकाे हाे ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईकाे सहभागितामा अाज बसेकाे बाेर्ड बैठकले दुध उत्पादनको लागत मुल्य बढीरहेको र लामो समयसम्म पनि उत्पादित दुधको मुल्य परिमार्जन नभएको भन्दै दुधको मुल्यमा कम्तिमा किसानले प्रति लिटर रु. १० थप प्राप्त गर्ने गरी मुल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्रार लयलाई अनुरोध गर्ने निर्णय भएकाे हाे ।
आगामी १५ दिन भित्रमा दूधको मुल्य परिमार्जन नभए बाेर्डकाे पुन बैठक बसी बागमती प्रदेश भित्र दुधको मुल्य परिमार्जन गर्न आवश्यक कदम चाल्ने निर्णय समेत भएकाे छ।