×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विश्वविद्यालय छाडेर प्राज्ञिक परिषद होटलमा, विद्यार्थीको विरोध


  •   बुधबार, पुष २१, २०७८
  • चितवन। ‘प्राज्ञिक परिषद’ विश्वविद्यालयमा नभई होटलमा गरेपछि विद्यार्थीहरुले नारावाजी सहित विरोध गरेका छन् ।
    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको प्राज्ञिक परिषद् चौविसकोठी स्थित होटल ग्लोबलको हलमा गरिएको थियो ।
    हलमा बैठक चलिरहदा विद्यार्थीहरुले होटल परिसरमा नारा लगाएका थिए । विहान करिब ३ घण्टा नारा लगाइएको र विश्वविद्यालयमै सुविधासम्पन्न हल हुँदापनि खर्चिलो र भड्किलो बैठक गरिएको विद्यार्थीहरुको आरोप छ ।

    Advertisement

    जनताको करमाथि मोजमस्ती बन्द गर, प्रशासनिक गतिविधि होटलमा गर्न बन्द गर, आर्थिक पारदर्शिता लागू गर जस्ता नारा लगाउँदै उनीहरुले विरोध गरेका थिए ।

    नेपाल विद्यार्थी संघ विश्वविद्यालय कमिटिका सचिव मिराज पौडेलले बैठकको बहानामा हुने अनावश्यक खर्च रोक्न नाराबाजी गरेर विरोध जनाएको बताए । विश्वविद्यालय परिसरमै झन्डै १ हजार जना बस्न मिल्ने सभाहल, ४ वटा थप अन्य साना हलहरु रहेका छन् । तर, विश्वविद्यालयले कन्फरेन्स, सेमिनार, बैठक, कार्यकारि परिषद, प्राज्ञिक परिषद लगायतका गतिविधिहरु प्राय होटलमा हुने गरेका छन् ।

    कार्यक्रम खर्चका रुपमा होटलहरुलाई वार्षिक १ करोड बढी रकम निकासा गर्ने गरेको स्रोतको दावी छ । विश्वविद्यालयको आर्थिक प्रशासन नियमावलीमा विश्वविद्यालयका गतिविधि विश्वविद्यालयमै गर्नुपर्ने तर अतिआवश्यक भएमात्र बाहिर गर्न सकिने प्रावधान छ । करिब ४ सय ५० बढी कर्मचारी रहेको विश्वविद्यालयमा झण्डै १ सय सहयोगी कर्मचारी छन् । विश्वविद्यालयका विभिन्न निकायहरुमा भान्छाको पूर्वाधार समेत छन् । तर, गोपनियताको लागि भन्दै बैठक तथा कार्यक्रमहरु बेलाबखत होटलमा हुन थालेका छन् ।

    आज (बुधबार) बसेको प्राज्ञिक परिषद्मा २१ जना सहभागी थिए । विश्वविद्यालयका उपकुलपति (भीसी) प्रा.डा. पून्यप्रसाद रेग्मीले अनुकुल ठाउँमा बैठक बसेको जिकिर गरे । उनका अनुसार शैक्षिक क्यालेन्डर र भर्ना सम्बन्धि एकरुपता ल्याउने विषयमा छलफल भएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.