×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

 माडीद्वारा गितानगरविरुद्ध ४-१  को सहज जित


  •   बुधबार, पुष २१, २०७८
  • भरतपुर । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ ।
    आज (बुधबार) भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगाएकाे हाे ।

    Advertisement

    माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी र विशाल सुनारले समान एक-एक गोल गरे । गीतानगरका सोमकुमार श्रेष्ठले एक गोल फर्काए । खेलको पहिलो हाफमा गीतामगरविरुद्ध माडी हाबी भएको थियो ।

    पहिलो हाफको अतिरिक्त समयमा माडीले गोल गर्दै अग्रता लियो । माडीका सुमन महतोले सुन्दर गोल गर्दै पहिलो हाफमा अग्रता दिलाए ।  त्यस अघि पहिलो हाफमै माडीले गोल गर्ने केही अवसर खेर फाल्यो । गीतानगरले पनि पहिलो हाफमा केहि अवसर खेर फालेको थियो ।

    पहिलो हाफमा १-० ले पछि परेको गीतानगरले दोस्रो हाफमा लयमा फर्कियो । खेलको ४८औं मिनेटमा गीतानगरका सोम बहादुर श्रेष्ठले रिबाउन्डमा गोल गर्दै खेलमा बराबरी गरे ।

    अन्तिम १५ मिनेटमा गीतानगरविरुद्ध माडी फेरि हाबी भयो । खेलको ६७ औं मिनेटमा माडीले अग्रता लियो । माडीका सुमन महतोले व्यक्तिगत दोस्रो गोल गर्दै माडीलाई २-१ को अग्रता दिलाए ।

    गीतानगरविरुद्ध लगातार आक्रमण गरेको माडीले ७१ औं मिनेटमा अग्रता लम्बायो । ७१ औं मिनेटमा किशोर चौधरीले गोल गर्दै माडीलाई ३-१ को अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विशाल सुनारले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै माडीलाई ४-१ को सहज जित दिलाए ।

    खेलको म्यान अफ दि म्याच माडीका लागि दुई गोल गरेका किशोर महतो घोषित भए । यो जितसंगै माडीले समूह ‘ए’  मा स्पष्ट ३ अंक बटुलेको छ । आजकै दोस्रो खेलमा दुई हेविवेट क्लब केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बीएफसी) र नारायणगढ फुटबल क्लब (एनएफसी) भिड्नेछन् । खेल दिउँसो ३:३० बजे कृष्णपुर रंगशालामा हुनेछ ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक-एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

    लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.