×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला लिग सुरु, पहिलो खेलमा सौराहा र बसेनीले अंक बाँडे


  •   मङ्गलबार, पुष २०, २०७८
  • चितवन । आजबाट सुरु भएको सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साबिक बिजेता सौराहा युवा समाज सौराहा र नारायणी मोटर्स युनिक एफसीले अंक बाँडेका छन् ।

    Advertisement

    आज भएको उद्घाटन खेलमा २(२ गोलको बराबरी खेल्दै सौराहा र बसेनीले अंक बाँडेका हुन् । सौराहाका लागि राजेश पौडेल र सुशन आले मगरले गोल गरे । बसेनीका अमृत घलेले एक गोल गरे । बसेनीले १ गोल भने उपहार पाएको थियो ।

    खेलमा अग्रता बसेनीले लिएको थियो । खेलको १४ औं मिनेटमा बसेनीका अमृत घलेले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सौराहाका डिन्फेन्डरले बसेनीका खेलाडीलाई डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा अमृतले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

    एक गोलले पछि परेको सौराहाले पहिलो हाफमै बराबरी गोल गर्‍यो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सौराहाका राजेश पौडेलले बराबरी गोल गरे ।

    दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सौराहाले ५६ औं मिनेटमा गोल गर्दै अग्रता लियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सुशन आलेले बसेनीका गोल रक्षक अघि बढेको फाईदा उठाउदै सुन्दर गोल गरे । खेलको अन्त्य तिर सम्हालिन नसक्दा सौराहाले आत्माघाती गोल खायो । ७८ औं मिनेटमा सौराहाका रविन दराईले आत्माघाती गोल गरेपछि खेल बराबारीमा सकियो । खेलको म्यान अफ दि म्याच सौराहाका राजेश पौडेल घोषित भए ।

    जिल्ला लिग अन्तर्गत बुधवार दुई खेल हुनेछ । पहिलो खेलमा वातासिनो गीतानगर ब्वाईज र माडी ११ भिड्नेछन् । पहिलो खेल दिउँसो १ बजे हुनेछ । यस्तै बुधवारकै दोस्रो खेलमा नारायणगढ फुटबल क्लब एनएफसी र केबीए ग्लोबल भरतपुर फुटबल क्लब भिड्नेछन् । दोस्रो खेल दिउँसो ३स्३० बजे हुनेछ ।

    माघ ८ गतेसम्म चल्ने लिगमा १३ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक/एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

    लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५(२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ ।

    हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच/पाँच हजार प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.