×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

श्रीमतीलाई माछा बेच्दा सीडीओ तामाङद्धारा व्यवसायीलाई अपमान


  •   मङ्गलबार, पुष २०, २०७८
  • चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले आफ्नो श्रीमतीलाई सस्तोमा माछा नदिएको आरोपमा मत्स्य व्यवसायीलाई अपमान गरेको आरोप लागेको छ । अपशब्द प्रयोग गरी पसलमा छापा हान्नुका साथै निन्दनीय व्यवहार गरेको भन्दै मत्स्य व्यवसायीहरुले विज्ञप्ती निकालेर विरोध गरेका हुन् ।

    Advertisement

    सीडीओको सरकारी गाडी प्रयोग गरेर श्रीमतीलाई माछा किन्न पठाएको र सस्तोमा नपाएपछि प्रहरी लगेर छापा हानेको व्यवसायीहरुको आरोप छ ।
    पुष १८ गते आइतवारका दिन प्रजिअको सरकारी सवारी साधन ना १ का ४९९ नम्बर गाडी प्रयोग गरि उनकी श्रीमती माछा किन अन्दाजी ३ः०० बजेको समयमा दिव्यनगर स्थित नेपाल मत्स्य व्यवसायी संघ चितवन जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीको फार्ममा पुग्छिन् । पोखरीबाट निकालेको माछा चितवन फिस हाउसले खरिद गरी गाडीमा लोड गरि सकेको अवस्थामा पनि सदासयता पूर्वक पोखरीकै दरमा चितवन फिस हाउसले प्रति के.जि. ३००/– का दरले विक्री गरेको थियो ।

    यो मूल्य महङ्गो भएको बताएपछि बेलुका ६ः०० बजे तिर प्रजिअ तामाङकै नेतृत्वमा रिजाल चोकमा रहेको चितवन फिस हाउसमा प्रहरी प्रशासन सहित आएर संचलक लुलाराज तामाङलाई गाली गलौज गरी डिप फ्रिजमा ताला समेत लगाएको विज्ञप्तीमा भनिएको छ। घटनालाई प्रशासनको दादागिरीको रुपमा किसानहरुलाई बुझन बाध्य बनाएको भन्दै पदिय मर्यादा विपरित क्रियाकलाप प्रति घोर निन्दा गरिएको छ ।

    अध्यक्ष सुवेदीका अनुसार पहिलाको व्यवसायीले पनि ३ सयमै किलोको विक्रि गरिरहेका छौँ लैजानुहोस भन्दा हामी प्रहरी हौँ भनेर २ सय रुपैयाँ किलोमा मागेका थिए । तर २५० सम्ममा माछा दिए । त्यसपछि सुवेदी भएको ठाउँमा सीडीआको श्रीमती आएर भाउ सोधिन् । पोखरीको माछा रु. तीन सयमै विक्रि गर्ने बताउँदा यही वीचको मूल्य फरकलाई लिएर सीडीओले रिसीइवी साँधनेको व्यवसायीहरुको आरोप छ ।

    हिजो मत्स्य व्यवसायी र जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्मा संग छलफलमा जादा समेत सकारात्मक परिणाम निस्कन नसकेको उनीहरुको भनाई छ । अहिले भ्याकुम शिल प्याक गरी पसलमा रहेको माछाहरुको नमुना गुणस्तर परिक्षणका लागि पठाइएको छ

    नेपाल मत्स्य व्यावसायी संघ केन्द्रिय समितिका अध्यक्ष अम्विका प्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीले हस्ताक्षर गरी विज्ञप्ती जारी गर्दै घटनाको विरोध जनाएका हुन् ।
    सीडीओ तामाङ भने आफू ठगिनु उपभोक्ता ठगिनु रहेको भन्दै सामाजिक संजालमा स्टाटस लेखेका छन् । अहिले पनि वार्ता र छलफलको लागि प्रयास भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.