×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय ख्रीष्टियन महासघ नेपालको १४औँ राष्ट्रिय भेला सौराहामा सुरु


  •   सोमबार, पुष १९, २०७८
  • चितवन । चितवनको सौराहा स्थित होटल मनोलिसामा राष्ट्रिय ख्रीष्टियन महासघ नेपालको १४औँ राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले टुँडीखेलमा क्रिशमस मनाउन सुझाव दिएका छन् । उनले सार्वजनिक स्थानमा पर्व मनाए यसको महत्व अन्यलाई पनि थाहा हुने बताए ।
    हिन्दु धर्मसँग सम्वन्धीत पर्व टुँडिखेलमा मनाउन हुने ख्रीष्टियन धर्मको पर्व मनाउन किन नहुने भन्दै उनले धर्म निरपेक्ष राष्ट्रलाई व्यवहारमा उतार्न माग गरे । साथै महासँघलाई राजनीति पार्टी बनाउन उनको सुझाव थियो । राज्यसत्तामा पुगेमात्रै माग सम्वोधन नहुने भन्दै कि राजनीतिक पार्टी खोल्न कि क्रिश्चियन धर्मवारे वकालत गर्ने पार्टीलाई जिताउने उनको आह्वान थियो । उनले भने,“मलाई भोट दिएर जिताई सत्तामा पुर्याए तीन दिन विदा दिनेछु । चौतारीमा बसेर वाइवल पढ्ने वातावरण बनाउदै गाउँगाउँमा क्रिश्चियन धर्मको सन्देश फैलाउने वातावरण बनाउँछु ।”

    Advertisement


    पौष २२ गतेसम्म चल्ने भेलाले क्रिश्चीयन धर्मालम्बीहरुलाई मूल धारमा ल्याउने गरी काम गर्न रणनीति बनाउने अध्यक्ष सीवी गहतराजले बताए ।नेपाली जगतले नसोचेको नयाँ रणनीति बनाएर अघि बढ्ने बताउँदै घर्म निरपेक्ष राष्ट्रको व्यवहारिक कार्यान्वयनका लागि एलायन्स बनाएर सरकारलाई दबाब दिने भन्दै धर्मनिरपेक्ष राष्ट्र हुनुपर्नेमा सनातन शब्द राखी षडयन्त्र गरेको बताउँदै धर्म व्यक्तिको हुने तर राज्यको नहुनेगरी व्यवहारीक कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।
    भेलाले नयाँ रणनीति बनाएर राज्यलाई ख्रीष्टियन महासघसँग भएको तीन बुदे र ६ बुदे सहमति कार्यान्वयन गराउन वाध्य पार्ने गहतराजको भनाइ थियो ।
    कार्यक्रममा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले धर्म निरपेक्षमा सनातन शब्द राखेर अन्य धर्ममान्नेहरुर्लाइ अपमान गरेको भन्दै सनातन हटाउन माग गरे । साथै राजा र हिन्दुराज्य कुनेै हालतमा वन्न नसक्ने बताउँदै जनतालाई आवश्यक ऐन कानुन जनता आफैले निर्माण गर्ने उनको भनाई थियो ।
    हाम्रो अभियान, नेपाली ख्रीष्टयन समुदायको स्वाभिमान र पहिचान भन्ने नारा सहित होटल मोनालिसामा सुरु भएको भेलामा देशभरबाट प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।
    कार्यक्रमको संचालन उद्धव चिमोरियाले गरेका थिए ।कार्यक्रममा दलित पार्टीका अध्यक्ष मेघराज विक, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की,एन.सी.एफका अध्यक्ष हनोक तामाङ, सहअध्यक्ष टेक विक्रम हिताङ्ग,प्रवासी तथा गैह्र आवासीय विभाग प्रमुख डा.प्रकाश मेघी गुरुङ,डा.फिलेमोन खड्का क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.