×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

१ लाखको प्रथम पुरस्कार सहित चितवन जिल्ला ए डिभिजन लिग फुटवल प्रतियोगिता हुने


  •   आइतबार, पुष १८, २०७८
  • चितवन । चितवनको भरतपुर महानगरपालिका ७ मा रहेको कृष्णपुर खेल रंगशालामा चितवन जिल्ला ए डिभिजन लिग फुटवल प्रतियोगिता हुने भएको छ । यही पुष २० गतेदेखि माघ ८ गतेसम्म संचालन हुने प्रतियोगितामा १३ वटा टिम सहभागी हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएकोछ ।

    Advertisement

    खेल अन्तराष्ट्रिय नियम र प्रणाली अनुसार खेलाइने प्रयास भइरहेको आयोजकले जनाएको छ।
    आयोजक संस्था चितवन जिल्ला फुटवल संघका महासचिव रामहरी ढकालले अखिल नेपाल फुटबल संघको वार्षीक कार्यक्रम अनुसार चितवन जिल्ला फुटवल संघको आयोजनामा चितवन जिल्ला ए डिभिजन लिग फुटबल हुने बताउनुभयो ।

    हरेक वर्ष संचालन हुने चितवन जिल्लाको प्रतिष्ठित फुटवल प्रतियोगीताको गत संस्करण सम्पूर्ण तयारी कोभिड १९ को महामारीका कारण स्थगित भएको थियो ।

    प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरि राउण्ड रोविन लिग प्रणाली अनुसार खेल संचालन गरिने ढकालले बताउनुभयो । हरेक दिन दुई खेल खेलाईने र प्रत्येक समूहको शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने बताईएको छ। लिग चरणका ३६ सेमिफाइनल र फाईनल गरी कुल ३९ खेल हुनेछ।

    सेन्ट्रल कलेज को मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगीतामा विजयी हुनेले १ लाख नगद र उपविजेता लाई ५० हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा तेस्रो र चौथो हुनेलाई २५ हजारका दरले नगद प्रदान गरिने आयोजकले जनाएको छ।


    खेलमा सौराहा युवा समाज सौराहा,माडी – ११ माडी,रामपुर फुटबल क्लव रामपुर,एभरेण्ट क्लव, चितवन,गितानगर व्वाइज क्लव, नारायणगढ फुटवल क्लव, हर्दी युवा समाज, भण्डारा,नारायणी मोटर्स युनीक क्लव वसेनी,एस्ट्रल युथ सोसाइटि, चोकबजार,नारायणी फुटवल क्लव,पानस युवा क्लब, कृष्णपुर,केविय ग्लोवल भरतपुर फुटवल क्लव र वगान यात्रा ग्रुप भरतपुर सहभागी हुनेछन्।

    प्रतियोगिता सम्पन्न गर्न ७ लाख लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा हरेक खेलको उत्कृष्ट खेलाडीलाई १ हजार नगद र ट्रफि, प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्तालाई ५ हजार र गोल्डेन वुट, सर्वाेत्कृष्ट गोलकीपरलाई ५हजार नगद सहित गोल्डेन ग्लोव्स,सर्वाेत्कृष्ट खेलाडीलाइ ५ हजार नगद र गोल्डेन वल प्रदान गरिने अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिनुभयो ।

    जिल्लामा हुने यो प्रतियोगिता का कारण १५ जना भन्दा वढि खेलाडीले ए डिभिजन खेलेका छन् । जिल्लाको खेल क्षत्र विकासमा यसले सहयोग गरेको उहाँको भनाई छ । अहिले संचालन हुने प्रतियोगिताले पनि सक्षम खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रमुख वाइवी पौडेलले आफ्नो कलेजले चितवन र नवलपुरमा हुने साना ठूला प्रतियोगितालाई सहयोग गर्दै आएको बताउनुभयो । खेल क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्दै आएको उहाँको भनाई थियो ।

    कार्यक्रमको सहजीकरण मिडीया अफिसर पत्रकार शुसील पन्तले गर्नभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.