×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मनिस विकको नेतृत्वमा बुलिङटार गाँउपालिका स्तरीय बालक्लब पुनर्गठन


  •   आइतबार, पुष १८, २०७८
  • नवलपुर (बुलिङटार) । नवलपुर जिल्लाको बुलिङटारमा गाँउपालिका स्तरीय बालक्लब पुनर्गठन तथा बालमैत्री अभिमुखिकरण तालिम सम्पन्न भएको छ । त्रीभुवन माध्यमिक विद्यालयमा शनिवार सम्पन्न कार्यक्रमले क्लबको नयाँ कार्य समिति गठन गरेको छ ।
    जसको अध्यक्षमा मनिस बि.क. चयन भएका छन् । १५ जनाको कार्यसमितिको उपाध्यक्षमा मन्दिप श्रेष्ठ र सदिक्षा सारु मगर, सचिवमा केशरीमायाँ तिवारी, कोषाध्यक्षमा नरेन्द्र लुङ्गेली, सह–सचिवमा देविका राना, सह–कोषाध्यक्षमा सृष्टि पाटा मगर छन् ।
    सदस्यहरुमा दिनेश बैमा मगर, अमित पुलामी मगर, प्रिति विरकट्टा, कृपा सुनार, भुमिका आले, अंकिता आले र दिलिप परियार चयन भएका हुन् ।
    क्लवका निवर्तमान अध्यक्ष टोल बहादुर राना मगरले नयाँ कार्यसमितिलाई पदभार हस्तानतरण गर्दै बाल क्लबको काम कारबाही र गरिमा अघि बढाउन शुभकामना दिनुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष रानाले प्रमुख अतिथि बुलिङटार गाँउपालिकाका अध्यक्ष शशिकिरण बस्तकोटिलाई ३९ ओटा बालमैत्री सुचक हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि तथा बुलिङटार गाँउपालिकाका अध्यक्ष बस्ताकोटिले अधिकारको खोजि गर्दै गर्दा कर्तव्यको पनि ख्याल गरिनु पर्नेमा जोड दिनुभयो । बुलिङटारमा बालविवाह ठूलो समस्या भएकाले बाल क्लबका पदाधिकारीहरुले यसको रोकथाम र सचेतनाका लागि काम गर्न सुझाव दिनुभयो ।

    Advertisement


    बाल विवाहले बालबालिकाको क्षेत्रमा मात्र नभई बुलिङटार पालिका भरिकैै कुरिती समाज बनेकाले सबै जनाप्रतिनिधीहरुलाई हातेमालो गर्न आग्रह समेत गर्नभएको थियो ।
    विशिष्ट अतिथि तथा बुलिङटार गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनालले बालक्लब बाट नै बालबालिकाको हक अधिकारको विषयमा वकालत गर्न सजिलो हुने बताउनु भयो । बालक्लबमा आवद्ध भइसकेपछि भविष्यमा ठूलो नेतृत्व बहन गर्न सकिने क्षमता अभिवृद्धि हुने उहाँको भनाई थियो । खनालले बालबालिकाका लागि विभिन्न खालका वातावरण गाउँपालिकाबाट सहयोग हुने बताउनुभयो ।
    यसैगरि विशिष्ट अतिति तथा बुलिङटार गाँउपालिकाका शिक्षा शाखा प्रमुख बुद्धप्रसाद रानाभाटले बालबालिकालाई किताबी ज्ञानको मात्र नभई बाहिरी ज्ञानको पनि आवश्यक पर्ने स्पष्ट पार्नुभयो । उहाँले शिक्षा शाखा बाल सञ्जाल संग हातेमालो गर्न आतुर रहेको बताउनु भयो ।
    कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न माध्यमिक विद्यालयका प्रधानध्यापक तथा समाजिक व्यक्तित्वहरुले मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा पालिका भरिका विभिन्न वडाका बालबालिकाहरुको सहभागिता रहेको थियो । सञ्जालका सचिव गुना सिञ्जालीले मन्तव्य मार्फत स्वागत गरिएको कार्यक्रमको सहजीकरण देव बडाचुलि मा.वि. का शिक्षक तिलक राम बिर्कट्टले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.