×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवनको पहिलो डेरी अन्नपूर्ण दुग्ध उत्पादक सहकारीको ३८औं साधारण सभा सम्पन्न


  •   शनिबार, पुष १७, २०७८
  • भरतपुर । किसानलाई पुरस्कृत गर्दै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो ३८ औं साधारण सभा सम्पन्न गरेको छ । सहकारीले आफ्नो साधारण सभाको अवसर किसान, कर्मचारी र सहकारीको उद्योगको उत्पादन विक्रि गर्ने बिक्रेता सहित गरेर १०८ जनालाई सम्मान गरेको हो ।

    Advertisement

    संस्थाले स्व. शोभाकर चापागाईं स्मृति सम्मान बाट संस्थापक सञ्चालक सदस्य बमबहादुर राउतलाई सम्मान गरेको छ । यस्तै, कर्मचारीतर्फ उत्पादन सहयोगी मनहरी चालिसे, संस्थाको उत्पादन बजारीकरण तर्फ सहयोग गर्ने नारायणप्रसाद तिमल्सेना, ईश्वरीप्रसाद सापकोटा, बजारीकरणतर्फ उत्कृष्ट कर्मचारी रेशम तिबारी, नवव्यावसायिक अनुशासित कृषक संजिव न्यौपाने, उत्कृष्ट दलित कृषक चलबिर परियार, उत्कृष्ट व्यावसायिक एकल महिला कृष्णकला पौडेल र गुणस्तरीय दुध उत्पादनतर्फ कृष्ण प्रसाद तिमल्सेनालाई सहकारीले पुरस्कृत गरेको छ ।

    क्रमशः निर्मला घिमिरे, सितादेबी अधिकारी, उत्तमनाथ शर्मा लाई बचत तथा ऋण कार्यक्रमतर्फ उत्कृष्ट बचतकर्ताको रुपमा सम्मानित भए  भने उत्कृष्ट ऋणी तर्फ खड्क बहादुर नेपाली सम्मानित भएका छन् ।

     सहकारीमा झण्डै ५० हजार लिटर दूध विक्रि गर्ने न्यू गोर्खाली गाई फर्म सहित ३२ जना उत्कृष्ट दूध उत्पादक कृषक सम्मानित भए । ७५ वर्ष माथिका जेष्ठ शेयर सदस्य सम्मानमा राम प्रसाद सुवेदीलाई सहकारीले सम्मान गरेको थियो ।

    सहकारीले २०६० सालमा दाना उद्योग, २०६१ सालमा दूध चिस्यान केन्द्र, २०६६ सालमा पशुविमा कार्यक्रम, २०६७ सालमा कृषक बचत तथा ऋण कार्यक्रम , २०६८ सालमा आफ्नै उन्नत गाई स्रोत केन्द्र र २०७१ सालमा दुग्ध विविधीकरण परियोजना मार्फत् डेरी उद्योग संचालन गर्दै आएको छ । गत साल देखि सहकारीले साइलेज उद्योग पनि संचालन गरेको छ । सो अनुसार दाना बिक्रीतर्फ किसान प्रगती सहकारी संस्था लिमिटेड र चक्रावती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाट सम्मानित भएका छन् ।

    यस्तै संस्थाको दुध विविधिकरण अन्र्तगत उत्कृष्ट बिक्रेताहरुमा ४ वटा होटल र ४२ वटा किराना पसल एवम् कोल्ड स्र्टोस सम्मानित भए । डिलरतर्फ २, डेरी तर्फ ३ र चितवन बाहिरका ८ वटा विक्रि केन्द्रहरुलाई पुरस्कृत र सम्मान गरेको संस्थाका ब्यवस्थापक करुण पोख्रेलले बताए ।

    सहकारीको यस साधारण सभाको उद्घाटन प्रमुख अतिथी बागमती प्रदेशका सासंद रामलाल महत्तोले गर्नु भएको थियो । संस्थाको अध्यक्ष ऋषिराम चापागाईले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आजभन्दा ३८ वर्ष अगाडि २०४१ सालमा यस संस्था दुग्ध विकास संस्थानद्धारा सुरुवात गरिएको चितवनको पहिलो डेरी हो । सहकारी भएको क्षेत्र जनस्तरबाट ब्यवसायीक रुपमा उन्नत गाईपालन गर्ने क्षेत्र पनि हो । ५० जना बाट १३० लिटर दूध संकलन गर्दै सुरु भएको यस सहकारीमा अहिले ८ हजार २ सय लिटर सम्म दूध संकलन हुन्छ । अन्नपूर्णका दूध र दुग्धजन्य परिकार देशभरीनै चर्चित छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.