×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

देउराली सामुदायिक वन ढोडेनीको २०औँ साधारणसभा सम्पन्न


  •   शुक्रबार, पुष १६, २०७८
  • गैडाकोट(ढोडेनी),पुस १६ । गैंडाकोट नगरपालिका वडानम्वर तीन डोढेनीमा रहेको देउराली सामुदायिक बन उपभोक्ता समूहको २०औं साधारणसभा सम्पन्न भएको छ। वनको आजनै आठौं अधिवेशन समेत रहेको छ । साधारणसभा सम्पन्न भएपनि अधिवेशन जारी रहेको छ।
    बहुउद्देश्यीय सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले वन ऐन २०७८ उत्कृष्ट रहेपनि नियमावली भने सामुदायिक वनहरुले कार्यान्वयन गर्न नसक्ने बताउँदै सरकारलाई खारेज गर्न माग गरेका छन् । नियमावली खारेजी नहुंदासम्म सामुदायिक वन आन्दोलनमा रहने प्रष्ट पारे । साथै देउराली सामुदायिक वनलाई राष्ट्रिय पुरस्कार पाउनेगरी काम गर्न सुझाव दिएका छन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वडाअध्यक्ष शिवकान्त तिवारीले देउराली सामुदायिक वनले उत्कृष्ट काम गर्दै गएको र वडाको विकासमा थप सहकार्य गर्न आह्वान गरे । विक्रिको सहमति हुँदापनि स्टकको काठ विक्रि नगर्दा विकासका काम रोकिएको भन्दै रोकिएको ठाउँमा समन्वय गरेर काम अगाडि बढाउन आग्रह गरे ।

    साथै आगामी समिति समय दिने र समाजका लागि खट्ने व्यक्तिलाई ल्याउन सुझाव दिए ।
    सव डिभिजन वन कार्यालय गैंडाकोटका सहायक वन अधिकृत सुर्यसीँह गुरुङले आगो लागी नियन्त्रणमा देउराली वन एक नम्बरमा आएको भन्दै आगामी दिनमा नमूना काम गर्न सुझाव दिए ।साथै कार्यसमिति निर्माण गर्दा ५० प्रतिशत महिलाको सहभागीता अनिवार्य गराउन सुझाव सहित कानुन अनुसार समिति नभए दैनिक कार्य रोकिने बताए । त्यस्तै वन विकास र बचेको रकमले गरिवी निवारण,उद्यम विकास लगायतका कार्यमा खर्चन सुझाव दिएका छन् ।

    अध्यक्ष नरवहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै बद्रीप्रसाद रिमालले कोरोनाका कारण आम्दानी घाटामा गएको बताए । गत वर्ष १ करोड ३३ लाख २९ हजार २८० रुपैयाँ आम्दानी भएकोमा १ करोड ६४ लाख १६ हजार ४४० रुपैयाँ खर्च भएको बताए ।
    प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव देवसरा पुलामीले कोभिड महामारीमा पनि वन संरक्षणमा कुनै कमी नराखेको बताउँदै वार्षिक कार्ययोजना बनाएर काम गर्दै आएको जानकारी दिइन् ।
    साधारणासभामा वर्षउत्कृष्टबाट दुई जना उपभोक्ता सदस्य इन्द्रलाल भुजेल र भुमिसरा गुरुङलाई दोसल्ला र नगद सहित सम्मान गरिएको छ भने यानवहादुर सुनारीलाई वर्षउत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरिएको छ।
    त्यस्तै वनले संस्थापक अध्यक्ष,सचिव र दुई सदस्यलाई जनही नगद ५ हजार ५५५ रुपैयां सहित सम्मान गरेको थियो ।

    अहिले अधिवेशनका प्रकृयाहरु जारी छ। अधिवेशन सम्पन्न गराउन कृष्णप्रसाद खनालको संयोकत्वमा निर्वाचान समिति बनाईएको छ। जसको सदस्यमा श्रीमया गुरुङ र खड्क बहदुर सुनारी रहेका छन् ।
    उपाध्यक्ष लोकवहादुर सिंजालीले स्वागत मन्तव्य राखेका कार्यक्रम सहसचिव शम्भुप्रसाद तिवारीले सहजीकरण गरेका थिए ।
    २०५२ सालदेखि संरक्षण गर्न सुरु गरिएको देउराली सामुदायिक वन २०५९ साल माघ ८ गते दर्ता भएको थियो । ४८४ दशमलव ५१ हेक्टर क्षेत्रफल रहेको वनमा २८६ घरधुरी आवद्ध रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.