चितवन । चितवनमा पनि बाघ वर्गलाई स्वागत गरी तमु ल्होसार २०७८ मनाइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले सार्वजनिक विदा दिएर सवैको साझा पर्व गराउन सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । सवैले बुझ्न र थाहा पाउने सक्ने गरी ल्होसार पर्वको दिन सार्वजनिक विदा दिएको उनीहरुको भनाई थियो ।
विगतमा पौष १३,१४ र १५ गते विदा माग गरेपनि १५ गते मात्रै विदा मिलेको बताए । हिन्दु हरुको पर्वमा बजेट दिने तर गाउँ गाउँ मनाउने तमु ल्होसारका लागि बजेट नदिएको भन्दै उनीहरुले केही बजेट उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् ।
पहिलो सविधानले जनजातीहरुको पर्याप्त अधिकारी समेटेपनि दोस्रो पटक चुनाव भएर जारी भएको सविधानले अधिकार कटौती गरेको उनीहरुको भनाई थियो । अन्य प्रमुख जातीसरहको अधिकार नदिँदासम्म आफूहरुको आन्दोलन निरन्तर जारी रहने बताइएको छ ।
तमू ह्युल छाँजधी गुरुङ राष्ट्रिय परिषदको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि वागमती प्रदेशका मन्त्री मिलनवावु श्रेष्ठ रहेका थिए । सो अवसरमा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष एवम संयोजक गणेश बहादुर गुरुङले जानकारी दिए ।