गैँडाकोट । गैँडाकोटमा २६०५ औँ तमू ल्होसार पर्व भव्यताका साथ मनाइएको छ । गैँडाकोट ५ मा रहेको गणेश मन्दिर परिसरमा गैँडाकोट तमू आदर्श गुरुङ समाज एवम साङ्गे छ्योइलिङ महावौद्ध गुम्वा परिवारको आयोजनामा भव्यताका साथ ल्होसार मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले तमू ल्होसारको शुभकामना दिँदै नगरभित्रका सवै जातजाति गहना भएको र संस्कृति परम्पराको रक्षाका लागि नगरले काम गरिरहेको बताए । विशिष्ट अतिथि उपप्रमुख विष्णुकुमारी कडेँलले संस्कृति लाई जगेर्ना गर्दै जानुपर्ने र यसले देशको गौरव वढाउने बताइन् ।
पुर्खाका रितिरिवाज रहनसहन हस्तान्तरण गर्दै जानुपर्नृमा जोड दिँदै गैडाकोट शुन्दर फुलवारी भएको र सवै जातजाति मिलेर अगाडि बढ्न जरुरी रहेको उनको भनाई थियो । जातीय विभेद नभई जातीय एकताकासाथ समन्नुत गैडाकोट निर्माणको अभियानमा जुट्न आह्वान समेत गरिन् ।
अध्यक्ष जमदार वीरवहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रममा गुम्वाको मूल गेट निर्माण तथा सजिसजावटका लागि सहयोग गर्ने दाताहरुलाइ प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
आयोजकले गुम्बा पुननिर्माणका लागि सहयोग गर्न अनुरोध गर्दै पर्याप्त बजेट भए यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताएका थिए ।