चितवन, पुस १५ । भर्खरै १२ अाै राष्ट्रिय जनगणना २०७८ सकाएकाे तथ्यांक विभागले पुन जागिरकाे अवसर प्रदान गरेकाे छ।
जनगणनामा काम गरेका गणक तथा सुपरिवेक्षकलाई पहिलाे प्राथमिकता दिंदै जागिर खुलेकाे हाे।
पुष १४ गते सूचना प्रकाशन गरि १५ दिनभित्र निवेदन दिन सकिने विभागले जनाएकाे छ।
कोडर/ इंडिटर पदमा १०० जना माग गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वासो सरह उत्तीर्ण गरेकाे हुनुपर्ने छ । त्यस्तै डाटा इन्ट्री अपरेटर पदका लागि ३०० जना माग गरिएकाे छ। पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएकाे हुनुपर्ने जनाईएकाे छ।
कम्प्युटर विषय नभएकाले रजिष्टर्ड संस्थाबाट कम्तीमा ३ महिनाको कम्प्युटर तालिम लिएकाे प्रमाणपत्र पेश गर्न भनिएकाे छ।
लिखित नभई अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाबाट मात्रै छनाैट गरिने छ।
सेवा शुल्क रकम राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६ मा उल्लेख भएअनुसार कोडर/ इडिटरका लागि प्रति सामुदायिक प्रश्नावली बढीमा रु ३ घरपरिवार सूचीकरण फाराम प्रति परिवार बडीमा रु. १ र प्रति मुख्य प्रश्नावली बढीमा रु. ५ का दरले तथा डाटा इन्ट्री अपरेटरका लागि प्रति कि स्ट्रोक ३ पैसाका दरले हुन आउने रकम उपलब्ध हुनेछ।