×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गुरुङ समुदायको नयाँ वर्ष सुरु, गाइ वर्गको विदाइ गरी बाघ वर्गलाई स्वागत गरिदै


  •   बिहिबार, पुष १५, २०७८
  • चितवन । आज तमू ल्होसार पर्व २०७८ अर्थात गुरुङ समुदायको नयाँ वर्ष पनि । यो वर्ष गाई वर्गलाई विदाई गरी बाघ वर्षलाई स्वागत गरिदैछ ।
    चितवनमा पनि आज विशेष कार्यक्रम सहित यो पर्व मनाइदैछ । तमू ह्युल छोँज् धीँ गुरुङ राष्ट्रिय परिषदको आयोजनामा सांस्कृतिक प्रतियोगिता सहित यो वर्षको तमू ल्होसार भव्यताका साथ मनाइने अध्यक्ष गणेश गुरुङले जानकारी दिए ।

    Advertisement

    कोरोना महामारीका कारण गत वर्ष स्थगित पर्व यो पटक भव्यरुपमा मनाउन १४ वटा उपसमिति बनाएर तयारी तीव्र पारिएको थियो। विगतमा २४,२५ वटा उपसमिति बनाएर पुष १३ देखिनै विभिन्न कार्यक्रमगरी मनाउदै आएपनि कोभिड महामारीको जोखिमले यस पटक पुष १५ गते मात्रै पर्व मनाइने आयोजकले जानकारी दिएको छ ।

    यो पटक गुरुङ समुदायको भाषा, संस्कृति र संस्कारको संरक्षण गर्न तमू ल्होसार पर्व मनाइने भएको हो । भरतपुरको महावौद्द गुम्बा तीनखोले भरतपुरमा पर्व मनाइने परिषदका अध्यक्ष एवम तमू ल्होसार पर्व मूल समारोह समिति २०७८ का अध्यक्ष गणेश बहादुर गुरुङले जानकारी दिए।

    चितवन जिल्लाभरका गरी करिव १५ समूहको प्रतियोगितामा सहभागीता हुने र अहिले सम्म १० समूहले नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाइ ५ हजार र सान्तवता हुने दुइ समूहलाई २÷२ हजारका दरले पुरस्कृति गरीने गुरुङले जानकारी दिए ।

    आज नै जयबुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण समेत गरिने आयोजकले जानकारी दिएको छ । साथै सोही दिन जयवुद्ध अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण, छेलो फ्याँक्ने,रस्साकस्सी,घैँटो फुटाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जनाएको छ। तयारीस्वरुप गुम्बामा सजिसजावट र लुङ्दा टाँग्ने कार्य समेत गरिनेछ ।

    सो अवसरमा विभिन्न राजनीतिक दलको नेतृत्व तहमा गुरुङ समुदायबाट पुग्नुभएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको सचिव भैँखु गुरुङले जानकारी दिइन् कार्यक्रम सम्पन्न गर्न १ लाख ४३ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । कार्यक्रमको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्नेछन्। यसैविच सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.