×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा मानव अधिकार उल्लघंनका घटनामा कमि, १ वर्षमा २९ बालिका र १६ महिला बलात्कृत


  •   बुधबार, पुष १४, २०७८
  • चितवन । चितवनमा मानव अधिकार उल्लघंनका घटनामा कमि आएको छ । वर्ष २०२० को तुलनामा २०२१ १८ वटा घटनाले कमि आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए ।

    Advertisement

    वालिका बलात्कारको घटनामा कमी आएको छ भने महिला बलात्कारको घटनामा भने बृद्धि भएको छ । इन्सेक चितवनले आज पत्रकार सम्मेलन गरी मानवअधिकार उल्लघंनका घटनाहरु सार्वजनिक गरेको हो ।

    इन्सेक चितवनका प्रतिनिधि अधिकारीले जिल्लामा वर्ष २०२० को तुलनामा यो वर्ष मानवअधिकार उल्लघंनका घटनामा कमी आएको बताए । वर्ष २०२० मा ११० वटा घटना घटेकोमा यो वर्ष कुल ९२ वटा घटना भएको उनको भनाई छ ।

    अधिकारीका अनुसार यो वर्ष जिल्लामा २९ जना वालिका र १६ जना महिला बलात्कृत भएका छन् । गएको वर्ष भने वालिका बलात्कारका ३६ वटा र महिला बलात्कारका १५ वटा घटना दर्ता भएको थियो । यो वर्ष बालिका बालात्कारको घटनामा ७ वटाले कमी आउँदा महिला बलात्कारको घटना १ ले बढेको छ । शिक्षित र ७८औँ जिल्ला भनेर चिनिने चितवनमा जघन्य अपराधका घटनाको संख्या धेरै हुनु चिन्ताको विषय रहेको अधिकारीले बताए । कुल घटनामा कमी आएपनि सन्तोष हुने ठाउँ नरहेको उनको भनाई छ ।

    त्यस्तै वालविवाहको १ वटा, वालिका वेचविखनको ३ वटा,वाल यौन दुव्र्यवहारको एक वालक सहित १८ वटा घटना भएका छन् । यसरी वालअधिकारको हनन्तर्फ कुल ५१ व्टा घटना दर्ता भएका छन् । त्यस्तै जिल्लामा महिला हिँसाका १ वटा, वहुविवाहका १० वटा,बलात्कारका १६ वटा, बलात्कार प्रयासको ७ वटा र महिला वेचविखनको ३ वटा घटना भएको उनले बताए  । यसरी महिला अधिकार हनन्का ३७ वटा घटना दर्ता भएका छन् । त्यस्तै जिल्लामा हत्याका ४ वटा घटना भएका छन् ।  जसमध्ये हानेर २ वटा, हतियार प्रयोग गरी १ वटा,कसले हत्या गरेको भन्ने खुलेको छैन।

    गत वर्षमा ११० वटा मानव अधिकार उल्लघंनका घटना भएका थिए। जसमा महिला बलात्कारका १५ वटा, बलात्कार प्रयासका ७ वटा, बालिका बलात्कारका ३६ वटा, बालिका बलात्कार प्रयासका ५ वटा, ९ जनाको (४ महिला, ५ पुरुष) हत्या, बाल यौन दूव्र्यवहारका ६ वटा, बहुविवाहका १४,आत्महत्या दुरुत्साहनका ३ वटा,मानव वेचविखनका ४, वम विष्फोटका १,हातहतियार सम्वन्धी १ र राज्यविरुद्ध अपराधिका ५ वटा घटना भएका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक एसपी ओम प्रसाद अधिकारीले शिक्षाको बढ्दो चेतनाले निवेदन दर्ता बढेको बताए ।  तर शिक्षित जिल्लामा यतिका घटना हुनु राम्रो नभएको भन्दै अपराध न्यूनिकरणमा प्रहरी निरन्तर लागेको बताए।  पछिल्लो समय सामाजिक संजालका कारण अपराधिक घटनाहरु बढ्दै गएको र न्यूनिकरण सहित समाजलाई शान्त राख्न सवै एकजुट हुन आवश्यक भएको बताए । व्यवहारीक दृष्टिकोणबाट परिवार भत्कनबाट जोगाउँदै मेलमिलापका काम समेत भएको उनको भनाई छ । प्रहरीले परिवारलाई भत्काउने भन्दा जोड्नेगरी काम गरिरहेको र गम्भिर अपराध गर्नेहरुलाई कानूनी दायरामै ल्याएरै छाड्ने उनको प्रतिवद्धता थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.