×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेताप्रति जनताको विस्वास घट्दै गएको छ, यो गम्भिर विषय हो : राजेन्द्र लिङ्देन


  •   सोमबार, पुष १२, २०७८
  • नवलपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका नेताहरुप्रति जनताले विस्वास गर्न छाडेको बताएका छन् । देशको राजनीति सह्माल्ने नेताहरु भएपनि तीनै नेताहरुप्रति जनताको विस्वास भने घट्दोक्रममा रहेको र यो गम्भीर विषय भएको उनको भनाई थियो ।
    पार्टीको गण्डकी प्रदेश सम्मेलन अगाडी पुर्वी नवलपरासीको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । उनले भने,“संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । यी सवैलाई ठेगानमा ल्याउने राजनीति हो तर राजनीतिनै लिक मा छैन । राजनीतिलाई लिकमा ल्याउने नेताहरुले हो तर नेताप्रति जनताको विस्वास कम हुँदै गएको छ ।”
    काँग्रेसको महाधिवेशनमा आफूले दिएको अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै लिङ्देनले आफूले पनि भोगेको कुरा बताएको र नेताहरु सच्चिन जरुरी रहेको दोहोर्याए । ३० वर्षदेखि देश काँग्रेस एमालेको वन्धक वनेको भन्दै भ्रष्टचारको काण्ड वाहिरिने गरेपनि खोज्दै जाँदा सत्तापक्ष र प्रतिपक्षकै संलग्नता देखिने गरेको उनको भनाई थियो ।
    उनले प्रजातन्त्र, गणतन्त्र र धर्म निरपेक्षको नाममा कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको आरोप लगाए । अब मुख्य राजनितिक शक्तिको रूपमा प्रजातन्त्र पार्टीलाई विश्वास गर्न उनको आह्वान थियो । साथै आगामी चुनावबाट आफ्नो पार्टी एकनम्वरको पार्टी बन्ने समेत उनको भनाई थियो ।
    विदेशीको चलखेलमा परेर गणतन्त्र र धर्म निरपेक्ष बनाउने राजनितिक दललाई अब जनता आफैँले पाखा लगाउने लिङदेनको भनाई थियो ।

    Advertisement

    आज र भोली पुर्वी नवलपरासीको कावासोतीमा हुन लागेको प्रदेश सम्मेलनले आगामी कार्यनिति र प्रदेश राजनितिक दस्तावेज तयार पार्ने राप्रपा नेपाल पुर्वी नवलपरासीका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.