चितवन । आउँदो पुष २७ गते नेपाली काँग्रेस चितवन र नवलपुरको अधिवेशन हुने भएको छ । स्थगित जिल्लाहरुको अधिवेशन गर्ने निर्णय भएसँगै अधिवेशन हुने भएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति जीत नारायण श्रेष्ठले रोकिएको महाधिवेशन पुष २७ गते हुने जानकारी दिए ।
यसअघि दुई पटक मिति तोकेर पनि अधिवेशन स्थगीत हुँदै आएको थियो । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी १६ वटा जिल्लाकै अधिवेशन एकैदिन पुस २७ गते गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिएका छन् ।
एमालेको दशौँ महाधिवेशन चितवनमै भएपछि जिल्ला अधिवेशन स्थगित भएको थियो । मंसिर११ गते अधिवेशन गर्ने अर्को तालिका जारी गरिएको भएपनि जिल्ला निर्वाचन अधिकृतले नै राजीनामा दिएपछि सोही कारण देखाउँदै अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको थियो ।
जिल्ला सभापतिका लागि राजेश्वर खनालले पत्रकार सम्मेलन नै गरेर उम्मेद्वारी घोषणा गरि सकेका छन् भने हालका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, प्रा.डा.सूर्यकान्त घिमिरेलगायतले सामाजिक संजाल मार्फत सभापतिमा उम्मेद्वारी घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन् ।