गैडाकाेट । अवदेखि दाना लिन बाहिरी जिल्लामा जानुपर्ने वाध्यता हट्ने भएकाे छ । गैंडाकोट नगरपालिका वडानम्वर ११ काे मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योगकाे शिलान्यास गरेसगै अब दानाका लागि अन्य ठाउँ जानू नपर्ने भएकाे हाे ।
उद्योग निर्माणका लागि अाज वडाअध्य गाेविन्द सुवेदीले शिलान्यास गर्नुभएकाे हाे ।
सहकारीले अाफ्नाे उप आयोजनामा राखेर मुकुन्दसेन दाना उद्योग निर्माण गर्ने छ ।
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना (ILSIP) विकेन्द्रित आयोजना सहयोग इकाई (DLSU) पोखरा, कास्कीकाे अार्थिक सहयाेग साझेदारीमा उद्योग बन्नेछ।
वल्डबैककाे समेत सहयाेग रहने नाम मुकुन्दसेन दाना उद्योगले प्रतिवर्ष १८२५० क्वीन्टल गुणस्तरिय पशुआहार दाना उत्पादन गर्नेछ । नविनतम प्रविधिको प्रयोग गरि दाता उद्योग संचालन गरिने र कुल ८३१ जना पुरुष ५८२ जना महिला २४५ संख्यामा लाभान्वित हुने लक्ष्य राखिएकाे छ।
१ कराेड ९४ लाख ८५ हजार २६४ रुपैया लागतमा उक्त उद्योग निर्माण हुनेछ। जसमा ९७ लाख ३६ हजार १७९ अनुदान सहयाेग प्राप्त हुने सहकारीले जनाएकाे छ।
२०७९ साल मंसिर १३ गते उद्योग निर्माणकार्य सम्पन्न हुनेछ।



