नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पश्चिम० ले ३५ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हासम्म बिभिन्न मुद्धाका ९० जना फरार अभियुक्तहरु पक्राउ परिसकेका छन् ।
प्रहरीले आज ३५ बर्षदेखि फरार रहेका १ जना सहित १० जना अभियुक्त पक्राउ गरेको हो । सूचना अधिकारी डिएसपी प्रेमवहादुर शाहीका अनुसार नवलपरासी जिल्ला अदालतबाट २०४३ सालदेखि २०६९ सालसम्मका बिभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका लागु औषध मुद्धाका १ जना, वन मुद्धाका १ जना, गाली बेईजती मुद्धाका १ जना, अंशवण्डा मुद्धाका १ जना, जालसाजी मुद्धाका १ जना, नागरीकता मुद्धाका १ जना, हक कायम मुद्धाका २ जना, गौबध मुद्धाका १ जना र कर्तव्य ज्यान मुद्धाका १ जना गरी कूल १० जना फरार अभियुक्तहरु बिभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुलाई जिल्लाको सरावल गाँउपालिका क्षेत्रबाट ४ जना, बर्दघाट नगरपालिका क्षेत्रबाट ५ जना र प्रतापपुर गाँउपालिका क्षेत्रबाट १ जना लाइ पक्राउ गरिएको हो । आज पक्राउ पर्नेमा २०४३ सालदेखि फरार रहेका १ जना वन मुद्धाका फरार अभियुक्त पनि छन्, उनलाई तत्काल सम्मानित नवलपरासी जिल्ला अदालतबाट १ हजार १ सय ६ रुपैयाँ जरीवाना तोकिएको छ ।
अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा अधिकतम सजाय लागु औषध मुद्धाका १ जना अभियुक्तको १ बर्ष कैद र १ हजार रुपैयाँ जरीवाना तोकिएको छ भने अन्य ९ जना अभियुक्तहरुको कसुर अनुसार ५० रुयैयाँ देखि २० हजार रुयैयाँ सम्म जरीवाना तोकिएको छ । पक्राउ परेका १० जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय १ बर्ष कैद र २९ हजार २ सय ३७ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै १० जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको उनले बताए ।