×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन महोत्सव २०७८ का सबै स्टल बुकिङ


  •   शनिबार, पुष १०, २०७८
  • चितवन । यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा हुन गइरहेको चितवन महोत्सव २०७८ का सवै स्टल बुकिङ भएका छन् । कोभिड महामारी कम भएसँगै गर्न लागिएको महोत्सवमा स्टल राख्न चाहानेहरु बढेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक नीलकुमार केसीले बताए ।

    Advertisement

    केसीका अनुसार महोत्सवका राखिने ३५० वटै स्टलहरु बुक भएका हुन् । अझै माग बढिरहेको तर स्टल थप्ने कि नथप्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । यो पटक पनि छरपष्ट रुपमा भन्दा विषयत स्टलहरु व्यस्थित हुनेगरी डिजाइन भइरहेको केसीले बताए । नौलो प्रयोगका रुपमा डोम बनाइदैछ जहाँ अटोका मात्रै स्टल रहनेछन् । १० वाइ १० का २० वटा स्टलहरु हुने र आवश्यकता अनुसार ७० वटा सम्मका स्टल डोमभित्र बन्न सक्नेछन् । त्यस्तै हस्कलाका एकै ठाउँमा, कृषिका अर्को एकै लहरमा हुनेगरी सवैको विषयगत क्षेत्रअनुसार स्टल रहनेछन् ।

    स्टलको स्थान अनुसार मूल्य कायम गरिएको स्टल बुकिङ गर्न रोल्पा,दाङ,जुम्लाबाट समेत आएका छन् । यो पटक जुम्लाको दाल,सीमी,मार्सी चालम समेत पाइने भएको छ ।
    महोत्सवमा स्टल राख्न चाहाने महिला उद्यमीहरुलाई विशेष छुट रहेको र यदी उद्योग वाणिज्य संघ चितवनका सदस्य रहेकाहरुले स्टल राख्न चाहेमा मूल्यमा २० प्रतिशत र अन्य उद्योग वाणिज्य संघमा सदस्य रहेकालाई समेत १० प्रे स्टल राख्न चाहेमा मूल्यमा २० प्रतिशत र अन्य उद्योग वाणिज्य संघमा सदस्य रहेकालाई समेत १० प्रतिशत छुट स्टल बुकिङका समय प्रदान गरिएको केसीको भनाई छ ।

    महोत्सव मूल आयोजक समितिका अध्यक्ष राजु श्रेष्ठले महोत्सव पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताए । महोत्सवको तयारी तीव्र पारिएको र त्यसका लागि ३८ वटा कार्यगत समिति निर्माण भएर काम भइरहेको श्रेष्ठको भनाई छ । करिव ५ लाख दर्शकले अवलोकन गर्ने उनले बताए । समुद्घाटनका दिन हेलिकप्टरबाट पुष्पवृष्टी समेत गरिने श्रेष्ठको भनाई छ ।

    उद्यमी व्यवसायीको हक,हितको संरक्षण संवद्र्धन र प्रवद्र्धन गर्दै चितवन जिल्लाको कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन लगायत समग्र आर्थिक,सामाजिक र सांस्कृतिक विकासका साथसाथै पर्यटनका नयाँ सम्भावनाको समेत महोत्सवमा खोजी गरिने अध्यक्ष श्रेष्ठले बताए । २०१६ साल माघ १९ गते श्रीपञ्चमीका दिन स्थापना भएको उद्योग वाणिज्य संघ चितवनले २०५३ सालदेखि प्रत्येक २ दुई वर्षको फरकमा महोत्सव गर्दै आइरहेको छ ।

    पालो अनुसार २०७७ सालमा महोत्सव गर्नुपर्ने भएपनि कोभिड १९को महामारीका कारण स्थगित भएको थियो । अहिले धेरै नागरिकले खोप समेत लगाएपछि प्रशासन र स्वास्थ्य कार्यालयको समन्वयमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।

    महामारीको जोखिमलाई ध्यान दिएर ठाउँ फराकिलो गराउने उद्देश्यले ३५० वटा मात्रै स्टल राखिएको आयोजको भनाई छ ।

    १३औँ संस्करणको चितवन महोत्सव थप ऐतिहासिक हुने दावी अध्यक्ष श्रेष्ठको छ । चितवन महोत्सव अन्य जिल्लाका लागि सिकाइको थलो समेत भएकाले त्यो सहित कृषि र पर्यटनका नयाँ आयाम थप गर्न मद्दत मिल्ने दावी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.