×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बागमती प्रदेशमा जम्बो मन्त्रीमण्डल, खर्च बढाउने काम भन्दै चौतर्फी आलोचना


  •   शनिबार, पुष १०, २०७८
  • चितवन । वागमती प्रदेशले जम्बो मन्त्रीमण्डल बनाएको छ । जनताको करबाट तलवभत्ता खानेगरी यसरी मन्त्रीहरु थपिदा राज्यको व्ययभारमात्रै बढ्ने भन्दै चौतर्फी आलोचना भएको छ ।
    नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । तर गठवन्धनबाट बनेको उनको सरकार टिकाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रीमण्डल बनाएका हुन् ।
    नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मन्त्रीहरूलाई प्रदेश प्रमुख यादव शर्माले र राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रवार बेलुकी शपथ ग्रहण गराएका हुन्।
    थपिएका मन्त्रीहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल रहनुभएको छ । यस्तै राज्यमन्त्रीहरूमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छ रहेका छन् ।

    Advertisement


    यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र चार जना राज्यमन्त्री गरी १८ जना मन्त्री भएका छन् । नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरू सवै सत्तागठबन्धको दल नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका हुन् । मुख्यमन्त्री पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो सँगै उनको चौतर्फी आलोचना भएको छ । संघीयतालाई खर्च बढाउने र व्यक्ति र दलको इच्छा पूरा गर्ने माध्यममात्रै बनाइएको भनी आलोचना सुरु भएको हो ।

    मन्त्रालय बढाएर बस्ने ठाउँसमेत नहुँदा एउटै भवनमा विभिन्न मन्त्रालय बनाएको भन्दै आलोचना भइरहेपनि पाण्डेले थप मन्त्री र राज्यमन्त्री थपेका हुन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.