चितवन । प्रहरी नायव उपरीक्षक डिएसपी ईन्द्रवहादुर राना बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूले पाएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरीद्वारा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राना हाल ईलाका प्रहरी कार्यालय रत्ननगरका टाँडीमा कार्यालय प्रमुखकको जिम्मेवारीमा छन् । प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएपछि जिल्लाले बधाई तथा शुभकामना दिएको छ ।
बागमती प्रदेश अन्तर्गत प्रहरी कार्यालयहरुमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले सम्पादन गरेका कार्यहरुको मुल्याङकन गर्दा जिल्ला प्रहरी कार्यालय,चितवन मातहत ईलाका प्रहरी कार्यालय,रत्ननगर टाँडी चितवनको कार्यालय प्रमुखको रुपमा कार्यरत रानालाई २०७८ साल मंसिर महिनाको बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषण गरिएको चितवन प्रहरीले जनाएको हो ।
डिएसपी राना बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित
डिएसपी राना बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

Advertisement
तपाईको प्रतिक्रिया