×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पत्रकार महासघ गण्डकी प्रदेश समितिले नवलपुरमा दिएको तालिम सम्पन्न


  •   शुक्रबार, पुष ०९, २०७८
  • नवलपुर,अमलटारी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले नवलपुरका पत्रकारहरूलाई दिएको तालिम आज सम्पन्न भएको छ। गण्डकी प्रदेशको कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा पुष ७ गतेदेखि कावासोतीको अमलटारीमा सुरु भएको तालिम आज सकिएको हो ।

    Advertisement

    पत्रकार तीर्थ कोईराला र फोटो पत्रकार चन्द्रशेखर कार्कीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा बोल्दै प्रशिक्षक तीर्थ कोईरालाले सीप लिएपछि त्यसलाई आफ्नो पेशामा प्रयोग गरि सुधार्दै लैजान सुझाव दिए ।पत्रकार सवै विषयमा विज्ञ नभएपनि सवै विषयबारे ज्ञान हुन भने जरुरी रहेकाले अध्ययनशील हुन पनि उनको आग्रह थियो ।
    अर्का प्रशिक्षक चन्द्रशेखर कार्कीले प्रविधिको विकाससंगै एउटा पत्रकार क्यामेरा सगै मोवाईल लगायतमा अपडेट हुन जरुरी रहेको र व्यवसायिकतामा लैजान दक्ष हुन जरुरी रहेको बताए ।

    तालिम गण्डकी प्रदेशका अन्य सवै जिल्लामा संचालन गर्ने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
    आफूहरु नेतृत्वमा आउनासाथ पत्रकारहरुलाई दक्ष गराउन तालिम संचालन गर्ने प्रतिवद्दता पूरा गरेको उपाध्यक्ष साेनी शर्माकाे भनाइ थियने।नवलपुरको पत्रकारितामा महिलाहरुको सहभागिता उत्साहजनक रहेको उनले बताइन्।

    कार्यक्रममा बोल्दै अध्यक्ष नारायण शर्माले आफ्नो नेतृत्वको महासंघ पत्रकारको हितमा निरन्तर काम गर्ने बताए । आफ्नो पेशामा रहदा सधै मर्यादा र पत्रकारको आचारसहिता भित्र रहेर काम गर्न उनको आग्रह थियो ।

    तालिम प्रभावकारी रहेको भन्दै आगामी दिनमा पनि क्षमता विकास गर्ने अर्को विधाको तालिम संचालन गर्न सहभागीहरुले आग्रह गरेका थिए । अहिलेको तालिमबाट पत्रकारिताका विभिन्न क्षेत्र र तिनीहरुको पहिचान तथा संचालनवारे ज्ञान मिलेको सहभागी मध्यका गोमा शर्मा र दिप काफ्लेको भनाई थियो । सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.