×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

करिव १५ करोडको कारोवार गर्ने लक्ष्य सहित रत्ननगर महोत्सव २०७८ को तयारी तीव्र


  •   बिहिबार, पुष ०८, २०७८
  • चितवन, रत्ननगर,पुस ८ । ११ औँ संस्करणको रत्ननगर महोत्सवको तयारी तीव्र पारिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । आज सौराहामा पत्रकार सम्मेलनगरी महोत्सवको बारेमा जानकारी गराइएको थियो ।
    आउँदा पौष २७ देखि माघ ८ गतेसम्म हुने महोत्सवमा ३५० वटा स्टलहरु हुने छन् । रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यवसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान भन्ने नारा सहित महोत्सव गरिने श्रेष्ठको भनाई छ ।

    Advertisement

    १०औँ संस्करणसम्मका महोत्सव सम्पन्न गर्दा यहाँको कृषि र पर्यटनले राम्रो लय लिएको भन्दै श्रेष्ठले महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन देशभर चिनाउने र त्यसैको बजारीकरणमा सहयोग पुर्याउने गरी महोत्सव गर्न लागिएको उनको भनाई थियो ।

    यस पटकको महोत्सवमा तिन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र टिकटसँगै प्रवेश गर्दा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम समेत बनाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधरणलाई रु. ५० र विद्यार्थीलाई रु. २५ को टिकट रकम कायम गरिएको छ । जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

    रत्ननगर महोत्सव २०७८ लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायर्ते विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको अध्यक्ष श्रेष्ठको भनाई छ।

     

    विगत दुई दशकदेखी प्रत्येक दुइ÷ दुइ वर्षमा आयोजना हुँदै आएको महोत्सव समग्र चितवन जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति व्यापार व्यवसाय अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको उनको भनाई थियो ।

    महोत्सवमा सांगितिक प्रस्तुतीका लागि हसाउने देखि नचाउने कलाकार आउने भएका छन् । प्रमोद खरेल,कमल खत्री,रचना रिमाल,प्रकाश सपुत,दुर्गेश थापा,शैलेन्द्र सिंखडा लगायतका कलाकार आउने बताइएको छ ।
    रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीको प्रमुख आथित्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नगरपालिकाबाट आवश्यक पर्ने सवै सहयोग गर्ने र स्थानीय उत्पादनलाई जोड दिनेगरी महोत्सव अगाडि बढाउन सुझाव दिइन् ।

    देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मुल द्वार रत्ननगर १० टिकौली चौरमा हुने महोत्सवले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबर्द्धनलाई प्रोत्साहन गर्नका साथै उद्योग एवं व्यापार प्रवर्द्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवर्द्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने बताइएको छ ।

    स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अर्न्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

    महोत्सवको अवसरमा चितवन जिल्लाको विविध गतिविधि समावेश गरी रत्ननगर महोत्सव स्मारिका पनि प्रकाशित गरिने र महोत्सव स्थलको सुरक्षाका लागि अत्याधुनिक सीसीटिभीबाट निरीक्षण गरिनुका साथै ५ करोड बरावरको बीमाको व्यवस्था गरिएको छ ।

    मुख्य प्रायोजक होटल सेभेन स्टार सौराहा रहेको छ भने संरक्षकको रुपमा रत्ननगर नगरपालिका रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.