×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता जारी, कुन वडामा कहिले?


  •   बुधबार, पुष ०७, २०७८
  • गैँडाकोट । जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका अनुसार गैँडाकोटमा पनि फोटो सहितको मतदाता नामावली दर्ताको कार्य जारीरहेको छ । जिल्लाका सवै स्थानीय तहमै पुगेर मतदानयोग्य नागरिक समावेश गर्ने लक्ष्य सहित मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सुरु भएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले घटनाचक्रलाई जानकारी दिए ।

    Advertisement

    उनका अनुसार गैँडाकोट नगरपालिकामा पौष ५ गतेदेखि सुरु भएको हो । नागरिकलाई सहज होस भनेर पालिकाकै केन्द्रमा यो कार्यक्रम गरिएको हो । गैँडाकोटमा पौष १९ गतेसम्म कार्यक्रम रहने तालिका रहेको शर्माले बताए । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले कोही पनि योग्य नागरिक संविधानले प्रदत्तगरेको अधिकारबाट बन्चित हुन नदिने वडाअनुसार कार्यक्रम तोकिएको जानकारी दिए ।

    पौडेलका अनुसार पौष ५ गते वडानम्वर १ का नागरिकहरुको मतदाता नामावलीमा दर्ता गराइएको छ भने पौष ६ गते वडानम्वर २, पौष ७ गते वडानम्वर ३ र १८, पौष ८ गते वडानम्वर ४, पौष ९ गते वडानम्वर ५, पौष १० गते वडानम्वर ६, पौष ११ गते वडानम्वर ७ र ९, पौष १२ गते वडानम्वर ८, पौष १३ गते वडानम्वर १०, पौष १४ गते वडानम्बर ११ र १२, पौष १५ गते वडानम्वर १३, पौष १६ गते वडानम्वर १४ र १५, पौष १७ गते वडानम्वर १६ र १७ गतेलाई समय तोकेर अभियान जारी रहेको हो ।

    No photo description available.
    वाँकी रहेको दुई दिन अर्थात पौष १८ र १९ गते छुट भएका सवैको नामावली दर्ता गराइने छ । १५ दिनसम्म चल्ने यो अभियानको सवै कार्य भने गैँडाकोट नगरपालिका कार्यालयमै केन्द्र राखेर काम भइरहेको छ । नामावली दर्ताका लागि गैँडाकोटकै स्थायी वासीन्दा भएकाले सक्कल नागरिकताको प्रमाणपत्र र सोको फोटोकपी तथा गैँडाकोट भन्दा बाहिरको नागरिकता भएकाहरुले सक्कल नागरिकता, बसाइसराईको प्रमाणपत्र र सोको फोटोकपी,विवाहित महिलाको हकमा विवाहदर्ताको प्रमाणपत्र र सोको फोटोकपी लैजानुपर्ने छ ।

    नामावली सार्ने र सच्याउने सुविधा समेत यसपटक प्रदान गरिएको छ । तर यसका लागि भने स्थानीय तहको केन्द्रमा नभई जिल्ला निर्वाचन कार्यालय कावासोतीमै पुग्नुपर्ने छ । साथै अन्य जिल्लाको नागरिकता छ तर अस्थायी वासोवास छ भने पनि नामावली दर्ता गराउने पाउने सुविधा यस पटक थप गरिएको छ । त्यसका लागि पनि सक्कल नागरिकता र फोटोकपी सहित जिल्लामा दर्ता गराउन सकिने जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

    १६ वर्ष उमेर पुगी नागरिकता बनाएका जनताहरुको नाम पनि दर्ता गरिने छ तर उनीहरुको नाम १८ वर्ष पुगेपछि स्वतह मतदाता नामावलीमा समावेश हुने शर्माको भनाई छ। नेपालको संविधान २०७२ अनुसार १८ वर्ष उमेर पुगेका नागरिकमात्रै मताहाल्न योग्य हुनेछन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.