×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गोली लोड भएको पेस्तोल सहित गैँडाकोटबाट तीन जना पक्राउ


  •   मङ्गलबार, पुष ०६, २०७८
  • गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले ४ राउण्ड लोड भएको पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका वडा नम्वर १४ बस्ने बर्ष ३४ का आशिष सुनार, नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका ९ बस्ने बर्ष २० का संजय गुरुङ र रुपैलिया गाउँपालिका १ बस्ने बर्ष २२ का राम बहादुर क्षेत्री रहेका छन् ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रिवल्भर भने संजय गुरुङको साथबाट बरामदभएको थियो । उनले बोकेको कालो साईड झोला भित्र मेड ईन जर्मन उल्लेख भएको रिवल्भर फेला पारेको प्रहरीले जानकारीदिएको छ ।
    पौष पाँच गते ६ बजेतिर गैडाकोट १६ अमरापुरीमा अनिता श्रेष्ठ आफ्नै घरको पसलमा बसीरहेकी थिइन् । एक्कासी लु ४० प ८४३६ नम्वरको मोटरसाइकलमा आएका ती ३ जना व्यक्तीहरुले हतियार देखाई उनको घाटीमा लगाएको सुनको सिक्री लुटेर भाग्न खोज्दा क्षेत्रीलाई स्थानियले नियन्त्रणमा लिएका थिए । स्थानीयले खवर गरेपछि घटनास्थल पुगेको प्रहरीले क्षेत्रीको बयानबाट अन्यपनि संलग्न रहेको थाहा पाएको थियो ।
    मोटरसाइकल र क्षेत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बाँकी दुई जनालाई गैडाकोट १४ बाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा गुरुङले साथबाट रिवल्भर बरामद गर्न सफल भएको प्रहरीको भनाई छ । उनीहरु तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–६ हातहतियार तथा खरखजना सम्बन्धि कसुर र परिष्छेद–२० को चोरी तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान कार्य अघि बढाईएको नवलपुर प्रहरीले जानकारीदिएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.