चितवन । चितवनको भरतपुर ९ हाकीम चोकमा सुविधासम्पन्न रिर्सोट संचालनमा आएको छ । चितवनका ६२ जना उद्योगी व्यवसायीको करिव ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट प्रा.लि संचालनमा आएको हो । होटलका अध्यक्ष भेषराज दुवाडीले भरतपुरमा ठूला ठूला कार्यक्रम हुँदा सुविधासम्पन्न हल र बस्ने कोठाहरुको अभाव खड्कीएकाले रिसोर्ट संचालनमा ल्याएको बताए ।
ठूला ठूला कार्यक्रम र भीड व्यवस्थापन गर्न सकिने गरी २५ सय क्षमताको टाउन हल, ७ सय जना क्षमताको मिड हल र २०० जना क्षमताको चितवन हल रहेको छ भने हरेक फ्लोरमा २०/ २० जना बसेर छलफल गर्न सकिने गरी सुविधा रहेको उनको भनाई छ ।
जहाँ ४२ वटा आरामदायी सयन कक्ष रहेका छन। ठुला कार्यक्रमहरु गर्न काठमाडौ जानुपर्ने बाध्यतालाई रोक्न चितवनमै सबैभन्दा ठुलो सुविधा सम्पन्न कार्यक्रमहलको साथमा अत्याधुनिक सुविधा सम्पन्न रिसोर्टले सबै खाले पाहुनाको आतिथ्यताको लागि तयारी अवस्थामा रहेको उनले बताए । वातावरणलाई ख्यालमा राख्दै विच शहरमा वातावरण मैत्री रिसोर्ट संचालनमा ल्याएकोर कार्यक्रमको हवका रुपमा स्थापित गर्न अनुभवी र दक्ष कर्मचारी नियुक्त गरिएको उनको भनाई छ ।
होटलका प्रवन्ध निर्देशक मदन घिमिरेले एकैपटकमा १०० जनासम्मलाई भोजन गराउन सकिने सीट क्षमताको भोजनालय,बार÷कफिसप,स्वीमीङपुल÷वालग्यासकेट सहित फाउण्टेनको व्यवस्था, होटल ब्लकको प्रत्येक फ्लोरमा विजनेस बैठकरुमको सुविधा, पेपरलेस सुविधा ,मेनुको लागि क्यु. आर. कोडको व्यवस्था र अर्डरको लागि ट्यावको प्रयोग गरिने बताए । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार सरसफाईको उचित व्यवस्था गरिएका र रेष्टुरेण्ट सेवामा आलाकाँर्ट,बुफेट,रुमसर्भिस र मिनिबार सेवा रहने उनको भनाई छ । अजिनामोटो र रंगहरुको प्रयोग गरिने नगरी रेष्टुरेण्टमा पाहुनाहरुले नेपाली, इण्डियन, चाइनिज,कन्टिनेन्टल,थाई परिकारहरुको आन्नद लिन सक्ने उनले बताए ।
उनका अनुसार चाँडैनै रिसोर्टमा अध्याधुनिक सुविधा सम्पन्न डिस्को बार सहितको पार्टी बसको सुविधा थपिने छ । घरदेखि विभिन्न पर्यटकीय स्थलहरुमा डिनरको मज्जा लिदै पुन घरसम्मनै पाहुनाहरुलाई पु¥याउने व्यवस्था सहितको व्यवस्था गर्न लागिएको घिमिरेले बताए। विभिन्न पारिवारिक जमघटहरु जस्तै जन्मदिन, एनिभर्सरी, नयाँबर्ष , क्रिसमस पार्टी अफिसियल स्टार्फ पार्टीहरु उक्त सुविधा सम्पन्न बसमा नै संचालन गर्न सकिने छ ।
साथै नजिकका पर्यटकीय स्थल सौराह, पटिहानी, कसरा, घुम्ने सुविधा साथै सहासी पर्यटकको लागि मौला कालिका पैदल यात्राको सुविधा दिइने उनको भनाई छ ।
रिसोर्ट बाट विमानस्थल र बस पार्क पैदल दुरिमै रहेकोले हवाई मार्ग र राजमार्ग बाट यात्रा गर्ने तथा पुर्व पश्चिम राजमार्ग यात्रा गर्ने लाइ सहज र सुलभ रुपमा भोजन र आवास को सुबिधा प्रदान गरिने उनको भनाई छ । शुभारम्भको अवसरमा रिसोर्टले २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको उनले बताए ।
डिनर ब्रेकफास्ट सहित रु. ५ हजारमा कोठा उपलब्ध हुने र मेन्युमा उल्लेख भएको रकम मात्रै ग्राहकसँग लिने रिसोर्टले जनाएको छ । कोरोना महामारीकै वीच २०७६ साल फागुनबाट निर्माण सुरु गरिएको रिसोर्ट आजदैखि संचालनमा आएको छ । अहिले ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने १० जना विद्यार्थ ट्रेनीको रुपमा कार्यरत छन् । १ विघा क्षेत्रफलमा फैलिएको रिसोर्ट १४कठ्ठा वाणिज्य वैँकको र अन्य व्यक्तिको जग्गा १० वर्षका लागि भाडामा र पछि नविकरण हुनेगरी रिसोर्ट संचालनमा ल्याइएको हो ।