×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

देशमा राजनीतिक संकट छ, समाधान चुनाव मात्रै होः सुरेन्द्र पाण्डे


  •   सोमबार, पुष ०५, २०७८
  • चितवन, पुष ५ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशमा राजनीतिक संकट झन्झन् गहिरिदै गएको बताएका छन् । देउवा नेतृत्वको सरकार अस्थिर वन्दै गएको भन्दै उनले राजनीतिक सँगै आर्थिक संकटको खतरमा देश गइरहेको दावी गरे ।

    Advertisement

    प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले विगत दुई वर्षदेखि विद्येयक पनि बनाउन नसकेको, संसदमा ऐन पास गर्न नसक्ने, संसद फक्सनमा नरहेको उनको भनाई थियो । अदालतको बेन्च बस्न नसकेको र लोकतन्त्रका तीन खम्वा मानिने न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सवै अस्तव्यस्त रहेको र बेकामे बनेको उनको भनाई थियो ।

    यी संकटको समाधान जतिसक्दो चाँडो चुनाव भएमात्रै समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुख पाउने पाण्डेले बताए । उनले भने,“यी घटना कसरी सेटेल हुन्छ थाहा छैन तर सेटेल हुँदा यसको निष्कर्ष निर्वाचनबाट हुन्छ । त्यसैले देश निर्वाचनतर्फ अघि बढेको महसुस गरेको छु ।”

    साथै देशमा आर्थिक संकट गहिरिदै गएको र नेपालमा अर्थतन्त्रमा नकारात्मक लक्षणहरु देखा परेको उनले बताए । केही समय पहिलो १४ महिनालाई धान्ने बैदेशीक मुद्रा संचिती छ भनिएपनि अहिले सात महिनामा झरेको र अझ घटीरहेको उनको भनाई थियो ।


    अहिलेका अर्थमन्त्रीले पूरा गर्नै नसक्ने आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको, देशमा विदेशी मुद्रा संचिती घट्दै गएको,आयात बढ्दै गएर व्यापार घाटामा देश रहेको र रेमिट्यान्स घट्नुका साथै भुक्तान सन्तुलन नकारात्मक रहेको पाण्डेको भनाई थियो ।

    यो स्थितीले राजनीतिक सँगै आर्थिक संकटमा जाने खतरा बढेको उनको भनाई थियो । पर्याप्त विदेशी संचिती नभए झन कठिन समस्या हुने उनको भनाई थियो । सरकारका मन्त्रीहरुले प्रति महिना १० प्रतिशत विकास खर्च गर्ने बताएपनि त्यो गफ मात्रै भएको उनको भनाई थियो । उनले भने,“१० प्रतिशतका दरले खर्च हुन्थ्यो भने त अहिले ५० प्रतिशत पुग्नुपर्ने हो । जवकी ६ प्रतिशत छ । राजश्व उठाइरहेको छ तर खर्च हुन सकेको छैन । वैँकमा तरलता कमजोर छ । डिपोजिट ६४ अरव भएको तर साँढे २ अरव भन्दा बढी ऋण गएको छ । डिपोजिट बढीरहेको छैन ।”

    साथै एमसीसी सम्झौता पास गर्ने नगर्ने सरकारको दायित्व भएको भन्दै गठवन्धनवीचनै विवादीत विषयमा प्रतिपक्ष बोलिरहन जरुरी नरहेको प्रष्ट पारे । तर नेपालमा आउने जुनसुकै अनुदान निशर्त नआउने भन्दै एमसीसीमा पनि शर्त रहेको तर देशको हितमा रहेनरहेकावारे भने वृहत छलफल गर्न आवश्यक भएको उनको भनाई थियो

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.