×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

उत्कृष्ट स्टलहरुलाई पुरष्कृत गर्दै सकियो छैठौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी


  •   आइतबार, पुष ०४, २०७८
  • चितवन । स्थानीय उत्पादन देखि विश्व बजारका प्रविधिहरु एकै ठाउँमा हेर्न र खरिद गर्न सकिने गरी संचालन भएको छैठौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ । पुष २ गते सुरु भएको प्रदर्शनीमा भारतबाट सहित नेपालको कर्णालीबाट समेत उद्योगीहरुले स्टल राखेका थिए ।
    समापनका दिन आज पुरस्कृत हुनेहरुमा रारा जुस प्रोडक्सन उद्योग कर्णाली प्रदेश मुगु प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग लुम्बिनी प्रदेश, प्युठान द्वितीय, मितेरी जैविक प्याड उत्पादन केन्द्र बागमति प्रदेश तृतीय घोषणा भएका छन् । प्रथम हुनेलाई नगद रु एकलाख, द्वितीय हुनेले नगद रु ७५ हजार, र तृतीय हुनेले नगद रु ५० हजार प्राप्त गरेका छन् ।

    Advertisement

    प्रदर्शनीमा आ–आफ्ना उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रर्दशनी गरेका मध्येबाट तीन उद्योगलाई अनुगमन, निरीक्षक एवम् उत्पादन वस्तुका आधारमा “प्रदर्शनीका उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीहरुको पुरस्कार वितरण कार्यक्रम” बाट सम्मान गरिएको छ ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक ऋषिराम रेग्मीको अध्यक्षतामा सम्पन्न पुरस्कार घोषणा कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहेका थिए ।

    रेग्मी संयोजक रहेर घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य र चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी पुरस्कार समितिको सदस्यमा थिए । प्रदर्शनमा रहेका स्टलहरुमा राखिएका उत्पादीत वस्तुहरुको आधारमा उनीहरुलाई छनौट गरिएको हो ।

    तीन तहका सरकारबाट प्रबद्र्धित प्रर्दशनीमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र चितवनका स्थानीय पालिकाहरुले प्रबर्धन सहयोग सहित सिफारिस गरेका ६० स्टल, राष्ट्रिय आविष्कार केन्द्रको विशेष स्टल सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहेको प्रदर्शनीका प्रवक्ता एवम् चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.