×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लालपूर्जा माग्दै चितवन बाँदरझुलाका सुकुमबासी काठमाडौँमा


  •   आइतबार, पुष ०४, २०७८
  • चितवन, पुस ४ । लालपूर्जाविहीन बनाइएको भन्दै चितवन जिल्ला माडी नगरपालिका स्थित बाँदरझुलाका स्थानीयले काठमाण्डौमा प्रर्दशन गरेका छन् । अव लालपूजा दिएमात्रै काठमाण्डौबाट फर्कन चेतावनी उनीहरुले दिएका छन् ।

    Advertisement

    चुनावका समय आशा देखउँदै भोट मागेको तर अर्को चुनाव आउँदासम्म पनि कुनै माग सम्वोधन नभएको भन्दै उनीहरुले काठमाण्डौमै गएर प्रर्दशन गरेका हुन् ।

    लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै गएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताए । पुषको चिसो मौसममा पनि सरकारले वेवास्ता गर्दा संघर्ष गर्नुपरेको उनको भनाई छ ।
    बाँदरझुला सुकुमबासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै रु, लगायत लेखिएको प्लेकार्ड तथा व्यानार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरस्थित संसद भवन अगाडिसम्म ¥याली गरेका थिए ।

    आफूहरुको माग सम्बोधन नभएसम्म काठमाडौँको माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने प्रजाले बताए । २०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुमबासी नागरिकहरु बाँदरझुलामा बस्दै आए पनि सरकारले सुकुमबासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै गएर प्रदर्शनमा उत्रिनु परेको उनको भनाइ छ ।

    लामो समयदेखि आफूहरुले उपभोग गर्दै आएको जमीनको लालपूर्जा नभएकै कारण चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाहरुबाट आफूहरुले सास्ती भोग्दै आउनु परेको उनीहरुको गुनासो छ ।उक्त क्षेत्र चितवनको संघ निर्वाचन क्षेत्रनम्वर ३ पर्दछ । जहाँबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेका थिए । केही समय पहिले चितवन आएर मतदाताको घरमा पुगेका उनले बाँदरझुला पुगेर नागरिकता भने वितरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.