चितवन । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा चितवनका दिनेश कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यो सँगै इतिहासमै पहिलो व्यक्ति काँग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने व्यक्ति बनेका छन् ।
उनले खुल्ला केन्द्रीय सदस्यबाट उम्मेदवारी दर्ता गराएका थिए ।कुल ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला २८ नम्वरमा परेका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।
पार्टी स्थापनाको ७५ वर्षपछि पहिलोपटक चितवन काँग्रेसले केन्द्रीय समितिमा स्थान पाएकोछ । चितवनबाट उमेदवारी दिएका ११ जनामध्ये खुलातर्फ कोइरालासँगै प्रा.डा।. तीर्थराज खनियाँ र प्रकाश अधिकारीले उमेदवारी दिएका थिए । उनीहरु भने पराजीत भएका छन् । मत परिणाम घोषणा हुन भने बाँकी छ ।
चितवनबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका बाँकी सदस्यहरूको भने मत परिणाम आउन वाँकी छ। केन्द्रीय सदस्यमा उमेदवारी दिनेमा आदिवासी जनजातितर्फ कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरूङ र अञ्जनी श्रेष्ठ, आदिवासी जनजाति महिलातर्फ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ, थारूतर्फ साजनकुमार महतो, खसआर्य खुलातर्फ संविधानसभाका सदस्य रामकृष्ण घिमिरे, खसआर्य महिलातर्फ गीता देवकोटा र दलिततर्फ शान्ति परियारले उमेदवारी दिएका थिए । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह र विनु रायमाझी पौडेलले भने उमेदवारी फिर्ता गरेका थिए ।